नेकपा अध्यक्ष प्रचण्ड र महासचिव पौडेलबीच धुम्बाराहीमा छलफल « Khabarhub

नेकपा अध्यक्ष प्रचण्ड र महासचिव पौडेलबीच धुम्बाराहीमा छलफल


५ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेलको भेटवार्ता भएको छ ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको छलफलमा पार्टी भित्रको गतिविधिका विषयमा कुराकानी भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

पार्टीमा बढिरहेको तीव्र विवादका विषयमा नेताहरुबीच छलफल भएको हो । महासचिव पौडेल र नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले भेट्न खोजेपछि दुवैसँग धुम्वाराहीमै छलफल गरिएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्ड पक्षबीच विवाद बढ्दै गएपछि नेताहरुबीचको भेटवार्ता पनि बाक्लिएको छ ।

अध्यक्ष ओलीले मनोमानी रुपमा पार्टी र सरकार चलाएको भन्दै बहुमत सचिवालय सदस्य रुष्ट छन्। कार्यकारी अध्यक्ष प्रचण्डले विभिन्न आरोपसहित प्रतिवेदन पेस गरेका छन्।

सोही पत्रको जवाफका लागि अध्यक्ष ओलीले १० दिनको समय मागेका छन्। पार्टीमा देखिएको विवादलाई सहजीकरण गर्न कार्यकारी अध्यक्ष प्रचण्ड र महासचिव पौडेलबीच विभिन्न चरणमा छलफल भइरहेको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  २ : ४८ बजे

इटहरी गोल्डकप : सगरमाथा युथ क्लब फाइनलमा प्रवेश

काठमाडाैँ – राष्ट्रिय जागृति क्लबको आयोजनामा जारी १३औँ अन्तर्राष्ट्रिय आमन्त्रण

दृष्टि पाएपछि वृद्धवृद्धा दङ्ग, चिकित्सकसँगै गीत गाएर नाचे

म्याग्दी- म्याग्दीको बेनीका ८४ वर्षीय दलबहादुर खड्का जीवनमै सबैभन्दा बढी

नेविसंघकै नेताहरुले अध्यक्ष दुजाङ शेर्पाको पुत्ला जलाए

काठमाडौँ- नेपाल विद्यार्थी संघकै नेताहरुले संघका अध्यक्ष दुजाङ शेर्पाको पुत्ला

पूर्वी नवलपरासीमा गैँडाको आक्रमणबाट महिलाको मृत्यु

काठमाडौँ- पूर्वी नवलपरासीको देवचुलीमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको

बालुवाटार बैठक निष्कर्षविहीन

काठमाडौँ- सत्तारुढ गठबन्धनमा आबद्ध दलहरुको बैठक निष्कर्षविहीन भएको छ ।