यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू « Khabarhub

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू


५ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं- सरकारले विश्व बैंकबाट नेपाल शहरी शासकीय सुधार तथा पूर्वाधार आयोजनाका लागि १८ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण लिने भएको छ ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले शुक्रवार पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्दै अर्थमन्त्रालयको प्रस्तावलाई स्विकृत गर्दै सरकारले ऋण लिने निर्णय गरेको जनाएका हुन् ।

यस्तै व्यवसायिकता निरन्तर कर्जा प्रवाह कार्यविधि २०७७ लाई सरकारले स्विकृति गरेको छ । कोभिड १९ बाट प्रभावित घरेलु तथा साना उद्योग एवम् अन्य विभिन्न व्यवसायहरूका श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्चालनका लागि यो कार्यविधि सरकारले ल्याएको हो ।

सरकारले अति प्रभावित, मध्य प्रभावित तथा न्यून प्रभावित छुट्टाई कर्जा उपलब्ध गराउने छ ।

गृह मन्त्रालयको प्रस्तावमा नेपालमा लामो समयदेखि गैर कानूनी रुपमा बस्दै आएका विदेशी नागरिकहरूलाई निस्कासन गर्ने निर्णय गरेको छ ।

यस्तै सरकारले सहलगानी सम्बन्धी कार्यविधि २०७७ स्वीकृत गरेको छ ।

म‌ंसिर ३ बुधवार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय

यी हुन कार्तिक २७ गते बेसको मन्त्रिपरिषद् बैठकका निर्णय

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  ४ : १७ बजे

नेपाल प्रहरीको एआईजीमा ४ जना बढुवा सिफारिस, अब मन्त्रिपरिषद्‍ले निर्णय गर्ने

काठमाडौँ – गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिले नेपाल प्रहरीको रिक्त

अझै पक्राउ परेनन् सांसद महतो 

महोत्तरी –  गृह मन्त्रालयबाट पक्राउ गरी कानुनी दायरामा ल्याउन सर्कुलर

बाँकेमा मिटर ब्याजीविरुद्ध २२ उजुरी

नेपालगञ्ज – बाँकेस्थित जिल्ला प्रशासन कार्यालयमा मिटर ब्याजीविरुद्ध २२ उजुरी

मन्त्रिपरिषद् विस्तारबारे निर्णय लिन गठबन्धनको बैठक भोलि बस्ने

काठमाडौँ – मन्त्रिपरिषद् विस्तारका लागि मंगलबार सत्ता गठबन्धनको बैठक बस्ने भएको

यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि

भक्तपुर – प्रत्येक नयाँवर्षमा भक्तपुरवासीले नौ दिन आठ रातसम्म परम्परागत