नेपाली सेनाका ११३ शान्ति सैनिक लिबिया प्रस्थान | Khabarhub Khabarhub

नेपाली सेनाका ११३ शान्ति सैनिक लिबिया प्रस्थान


५ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सेनानी हिमाचल जंग शाहको कमाण्डमा स्पेशल गार्ड युनिट (शा.से.) तेस्रो डफ्फाको ११३ जना नेपाली शान्ति सैनिक आज लिबियास्थित मिशन ईलाकातर्फ प्रस्थान गरेका छन्।

शान्ति स्थापनार्थ अन्समिल मिसन लिबियामा तैनाग स्पेशल गार्ड युनिट दोस्रो डफ्फालाई बदली गर्नको लागि आज ११३ जना शान्ति सैनिक त्यसतर्फ गएका हुन्।

हेरफेरको क्रममा लिबियाबाट सेनानी राजेश रानाको कमाण्डम ११२ जना नेपाली शान्ति सैनिकहरू भोली विहान नेपाल आईपुग्ने योजना रहेको नेपाली सेनाले जनाएको छ।

२२८ जना शान्ति सैनिक कार्यरत रहने सो मिशनम गएको कात्तिक १५ र १६ गते ११५ जना शान्ति सैनिकहरूको बदली भएको थियो।

“कोभिड–१९ महमारीका बाबजुद शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीत अनुरुप गरीएको यो अदली बदलीमा सम्पूर्ण सुरक्षा सतर्कता तथा प्रोटोकलहरूको पालना गरीएको जानकारी गराइन्छ,” नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  ५ : ४२ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी