नेपाली सेनाका ११३ शान्ति सैनिक लिबिया प्रस्थान « Khabarhub

नेपाली सेनाका ११३ शान्ति सैनिक लिबिया प्रस्थान


५ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सेनानी हिमाचल जंग शाहको कमाण्डमा स्पेशल गार्ड युनिट (शा.से.) तेस्रो डफ्फाको ११३ जना नेपाली शान्ति सैनिक आज लिबियास्थित मिशन ईलाकातर्फ प्रस्थान गरेका छन्।

शान्ति स्थापनार्थ अन्समिल मिसन लिबियामा तैनाग स्पेशल गार्ड युनिट दोस्रो डफ्फालाई बदली गर्नको लागि आज ११३ जना शान्ति सैनिक त्यसतर्फ गएका हुन्।

हेरफेरको क्रममा लिबियाबाट सेनानी राजेश रानाको कमाण्डम ११२ जना नेपाली शान्ति सैनिकहरू भोली विहान नेपाल आईपुग्ने योजना रहेको नेपाली सेनाले जनाएको छ।

२२८ जना शान्ति सैनिक कार्यरत रहने सो मिशनम गएको कात्तिक १५ र १६ गते ११५ जना शान्ति सैनिकहरूको बदली भएको थियो।

“कोभिड–१९ महमारीका बाबजुद शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीत अनुरुप गरीएको यो अदली बदलीमा सम्पूर्ण सुरक्षा सतर्कता तथा प्रोटोकलहरूको पालना गरीएको जानकारी गराइन्छ,” नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  ५ : ४२ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल