युगान्डामा भएको हिंसात्मक प्रदर्शनमा ज्यान गुमाउनेको संख्या १६ पुग्यो « Khabarhub

युगान्डामा भएको हिंसात्मक प्रदर्शनमा ज्यान गुमाउनेको संख्या १६ पुग्यो


५ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कम्पाला– पूर्वी अफ्रिकी मुलुक उगान्डाको राजधानी कम्पालामा बुधबार भएको हिंसात्मक प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १६ जना पुगेको छ ।

राष्ट्रपतिका विपक्षी उम्मेदवार रोबर्ट क्यागुलानीलाई गिरफ्तार गरेको विरोधमा भएको प्रदर्शनले हिंसात्मक रुप लिएपछि प्रदर्शनमा उत्रिएका व्यक्तिहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।।

प्रहरी स्वास्थ्य सेवाका निर्देशक मोजेज ब्यारुहांगाले मुलागो राष्ट्रिय अस्पतालमा उपचार गराइरहेकामध्ये १६ जनाको मृत्यु भएको जानकारी दिए । उनले मृतकमध्ये एक जना महिला रहेको बताए ।

उनीहरुलाई गोली लागेको तथा अश्रुग्यासबाट श्वास फेर्न कठिनाई भएको निर्देशक मोजेजले बताए ।

अस्पतालका उपनिर्देशक रोजमेरी ब्यानयीमाले अस्पतालमा ४६ जना घाइते भर्ना भएको जानकारी दिए ।

देशका विभिन्न भागमा भएका प्रदर्शनमा अरु पनि कैयौं व्यक्ति घाइते भएको प्रहरीको भनाई छ । यसर्थ घाइते र मृतकको संख्या अरु बढ्न सक्ने प्रहरी प्रवक्ता प्याट्रिक ओन्याङ्गोले बताए ।

उगान्डाको राष्ट्रिय चुनाव आयोगले यसै महिनाको शुरुमा आगामी राष्ट्रपतिको चुनावमा ११ जना उम्मेदवारको नाम सार्वजनिक गरेको थियो । चुनावमा वर्तमान राष्ट्रपति योओरी मुसेभेनी छन् । उगान्डामा सन् २०२१ मा राष्ट्रपतिको चुनाव हुँदैछ ।

कोरोनाभाइरसको संक्रमण बढ्नै भन्दै निर्वाचन आयोगले २०० जनाभन्दा बढी व्यक्तिलाई भेला, सभा वा जुलुसमा सहभागी नहुन अनुरोध गरेको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  ६ : ०० बजे

एक महिनापछि खुल्यो चिडियाखाना (तस्बिरहरू)

काठमाडौं– बर्डफ्लु संक्रमण फैलिएपछि करिब एक महिनादेखि बन्द ललितपुरको जावालाखेलस्थित सदर

सङ्घीय सांसदलाई सम्पत्ति विवरण बुझाउन आग्रह

काठमाडौं– सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूलाई कानुनबमोजिम सम्पत्ति विवरण

नयाँ आर्थिक वर्षको पहिलो दिन ७९ अंकले बढ्यो नेप्से

काठमाडौं– आर्थिक वर्ष ०८३/८४ को पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज

भाइरल बन्न ‘चिप’ शब्द हाल्दा बहिष्कारमा दुर्गेश-प्रियंका

काठमाडौं – एक नाबालिग गायिकाको बालत्कार प्रकरणमा जोडिएपछि बहिष्कारमा परेका

मनिता मृत्यु प्रकरणमा परिवारलाई ३९ लाख क्षतिपूर्ति दिन अदालतको आदेश

काठमाडौं– उपभोक्ता अदालतले प्रसूतिको क्रममा मृत्यु भएका मनिता शर्माको परिवारलाई