चिनियाँ रक्षामन्त्री मंसिर १४ गते नेपाल आएर त्यही दिन फर्कने « Khabarhub

चिनियाँ रक्षामन्त्री मंसिर १४ गते नेपाल आएर त्यही दिन फर्कने


५ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चिनियाँ रक्षामन्त्री वेई फेङ्हे नेपाल भ्रमणमा आउने भएका छन् । उनी यही मंसिर १४ गते नेपाल आउने तय भएको छ । आधिकारिक रुपमा चिनियाँ रक्षामन्त्री फेङ्हेको नेपाल भ्रमणलाई गोप्य राखिएको छ ।

भारतले एकपछि अर्को सरकारी अधिकारी नेपाल भ्रमणमा पठाइरहेका नेपाल आउन लागेका चिनियाँ रक्षामन्त्री वेई फेङ्हेको नेपाल यात्रा भने एक दिनको मात्र तय भएको छ ।

राष्ट्रपति सी जीनपिङको गत वर्षको भ्रमणपछि नेपाल आउन लागेका सर्वोच्च चिनियाँ अधिकारी हुन् रक्षामन्त्री। नेपालको राजनीतिक अस्थीरता र सत्ताधारी नेकपा भित्रको द्वन्द्व विभाजनमा पुग्न सक्ने अवस्थासँगै भावी राजनीतिमा नेपाली सेनाको सान्दर्भिकता बढ्न सक्ने अड्कलबाजीका बीच चिनियाँ विदेश मन्त्रीको सट्टा रक्षामन्त्री आउनुलाई कूटनीतिक वृत्तमा अर्थपूर्णरुपमा हेरिएको छ।

हालै सम्पन्न भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे र त्यसअघि भारतीय जासुसी संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयलको भ्रमण अनि र अर्को हप्ता भारतीय विदेश सचिव हर्षबर्धन शृङ्गलाको नेपाल यात्राकै सेरोफेरोमा हुन लागेको चिनियाँ रक्षामन्त्रीको भ्रमणलाई दुई छिमेकीबीच नेपालमा बढेको चासो र प्रतिस्पर्धाका रुपमा पनि हेरिएको छ।

रक्षामन्त्री फेङ्हेसँग उच्च चिनियाँ सैनिक अधिकृतहरु पनि आउने बताइएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  ७ : ०३ बजे

भोटेकोशी बाढी : हालसम्म १ हजार ३ सय ८६ जनाको शव फेला

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार दिउँसो २:००

अध्यक्ष ओलीलाई ध्यानाकर्षण पत्र बुझाइयो 

काठमाडौं– छापा माध्यम बचाउ सुझाव कार्यदलले लोककल्याणकारी विज्ञापनबापत उपलब्ध गराइने

उत्तरी नाइजेरियामा ६ जना धार्मिक गुरु अपहरण

जाम्फारा, नाइजेरिया- उत्तरी नाइजेरियाको जाम्फारा राज्यमा हतियारधारी समूहले ६ जना

छिमेकमा ब्रिक्स सम्मेलन : नेपाल न टेबलमा, न मेनुमा ?

काठमाडौं- नयाँ दिल्लीमा शनिबार र आइतबार दुई दिनसम्म चलेको १८औँ

विश्व अर्थतन्त्र सुधार्न दिल्लीमा शक्तिराष्ट्रको कसरत, नेपाल बेखबर

भारतको राजधानी नयाँ दिल्लीमा विश्व अर्थतन्त्र र बदलिँदो भू–राजनीतिक शक्तिसन्तुलनसँग