झापामा थप दुई कोरोना संक्रमितको मृत्यु « Khabarhub

झापामा थप दुई कोरोना संक्रमितको मृत्यु


५ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- झापामा आज कोरोना भाइरसको सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ ।

गौरादह–८ का ६३ वर्षीय पुरुषको नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको छ भने गौरादह–७ कै ७५ वर्षीया महिलाको नोबेलमै मृत्यु भएको स्वास्थ्य कार्यालय झापाका कोभिड–१९ ‘पर्सन’ जीवन चम्लागाईंले जानकारी दिए ।

योसँगै झापामा कोरोनाले मृत्यु हुनेको सङ्ख्या ९२ पुगेको छ ।त्यस्तै, झापामा आज २९ जना कोरोना सङ्क्रमित थपिएका छन् । एघार स्थानीय तहमा १४ महिला र १५ जना पुरुषमा कोरोना सङ्क्रमण देखिएको छ ।

बिर्तामोडमा पाँच, कनकाइमा तीन, अर्जुनधारामा दुई, गौरादहमा पाँच, मेचीनगरमा एक, बाह्रदशीमा एक, भद्रपुरमा तीन, हल्दिबारीमा एक, दमकमा सात र कमलमा एक जनामा कोरोना सङ्क्रमण देखिएको छ । योसँगै झापामा कोरोना सङ्क्रमितको सङ्ख्या ३ हजार १९७ पुगेको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  ९ : ०४ बजे

सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित

रास्वपाको चुनावी अभियान : इलाममा बालेन क्रेज

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवम्

ओली-बालेन भिडन्त : जेन-जी समर्थक र विरोधीको जनमत संग्रह

एमाले अध्यक्ष केपी शर्मा ओली नेपालका केही गणनायोग्य अपराजेय नेताहरु

म्याग्दीको लामाखेतमा नदी नियन्त्रणको काम हुँदै

म्याग्दी– म्याग्दीको लामाखेतमा नदी नियन्त्रणको काम सुरु भएको छ ।

काँकरभिट्टाबाट छ महिनामा नौ अर्ब ७७ करोडको पेट्रोलियम पदार्थ आयात

झापा – चालु आर्थिक वर्ष २०८२-८३ को पुस मसान्तसम्म पूर्वी