४६६ कोरोना संक्रमितको आइसियु र भेन्टिलेटरमा उपचार हुँदै « Khabarhub

४६६ कोरोना संक्रमितको आइसियु र भेन्टिलेटरमा उपचार हुँदै


५ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर ४६६ कोरोना संक्रमितको विभिन्न अस्पतालका आइसियु र भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार ६३ जना भेन्टिलेटरमा र ४ सय ३ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन ।

आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १७७ जना छन् भने  ३८ जनाको भेन्टिलेटर उपचार भइरहेको छ ।

यसैगरी लुम्बिनी प्रदेशमा ५९ जना आइसियुमा र ५ जना भेन्टिलेटरमा छन् ।  प्रदेश १ मा ४८ जना आइसियुमा र ६ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयको तथ्यांक छ ।

त्यस्तै प्रदेश २ मा १२ जना आइसियुमा र १ जनाको भेन्टिलेटर भइरहेको छ भने सुदुरपश्चिममा ७ आइसियुमा र १ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार गण्डकी प्रदेशमा ८८ जना आइसियुमा र १२ जना भेन्टिलेटरमा तथा कर्णाली प्रदेशमा १२ जनाको आइसियु उपचारर भइरहेको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  १० : ४५ बजे

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय