ओलीले जनअदालतमा उभिएर ‘प्रचण्ड’को प्रस्तावको उत्तर दिनुपर्छ : नेता महर « Khabarhub

ओलीले जनअदालतमा उभिएर ‘प्रचण्ड’को प्रस्तावको उत्तर दिनुपर्छ : नेता महर


५ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता नैनसिंह महरले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीतिक प्रस्तावको प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको अदालतमा उभिएर स्पष्ट जवाफ दिनुपर्ने बताएका छन्।

कांग्रेस महासमिति सदस्य एवं नेविसंघका पूर्व अध्यक्षसमेत रहेका नेता महरले पोखरा विमानस्थलमा सञ्चारकर्मीहरूसँग बोल्दै ‘ओली प्रवृत्ति’ राष्ट्र र स्वयं नेकपाकै लागि घातक भएको बताए।

‘नेकपाले बालुवाटार र सितल निवासलाई पार्टी कार्यालय जस्तै बनाएको छ। राष्ट्रपति पनि नेकपाको कार्यकर्ता जस्तो देखिनु भएको छ। जसले पदीय मर्यादामाथि नै प्रश्न उठिरहेको छ’, नेता महरले भने, ‘उहाँलाई म पदीय मर्यादा कायम राख्न आग्रह गर्छु।’

उनले नेकपालाई चीन र भारतले चलाइरहेको योजना र लक्ष्य विहीन पार्टी भएको आरोप लगाए ।

चिनियाँ राजदूतको सक्रियता र क्रियाकला, भारतीय ‘र’ प्रमुखको क्रियाकलापले पनि सरकारको तालाचावी बाहिरै रहेको प्रस्ट भएको नेता महरको आरोप छ। उनले सरकारलाई देश र जनतामाथि गद्दारी नगर्न आग्रह गरे ।

‘कम्युनिस्ट सरकार कोरोना महामारी महामारी नियन्त्रणमा चुकिसकेको छ। मल नपाएर छटपटाइरहेका किसानमा खेतमा देखिन छोडिसकेको छ’, उनले भने, ‘सरकार अहिले चिनियाँ दुतावा, सितल निवास तिर मात्रै झुल्किने गरेको छ। जसले देश र जनतालाई घातक मोडमा लैजाने छ।’

उनले पार्टीभित्रैबाट चर्को विरोध हुँदा पनि कुर्सीमा टासिरहनुले ओलीकै लागि लज्जाको विषय भएको तर्क गरेका थिए ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  १० : १७ बजे

अध्यादेशसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइए: को को परे ?

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौँ –  आज २०८३ साल वैशाख २० गते आइतबार। जेठ

आज २०८३ साल वैशाख २० गते आइतबारको राशिफल  

काठमाडौँ –  आज २०८३ साल वैशाख २० गते आइतबार। जेठ

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं – केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

एक हजार ५९५ पदाधिकारी एकैपटक पदमुक्त : कुन क्षेत्रमा कति ? (विवरणसहित)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त