मुलुकभरको तापक्रम घट्दो, पश्चिमी वायुको प्रभावले तराईमा बाक्लो हुस्सु « Khabarhub

मुलुकभरको तापक्रम घट्दो, पश्चिमी वायुको प्रभावले तराईमा बाक्लो हुस्सु


५ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मुलुकभर पश्चिमी वायुको प्रभावले अहिले तराईमा बाक्लो हुस्सु लागेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले मुलुकभर उत्तर-पश्चिमी वायुको प्रभावले पूर्वी, मध्य र पश्चिम तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु लागेको छ ।

महाशाखाका अनुसार मुलुकभरको तापक्रम घट्दै जाँदा चिसो बढेको महसुस भएको छ । आज बिहान काठमाडौँ उपत्यकाका तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको छ । शनिबारको तुलनामा २ डिग्री बढी हो ।

यसअघि शुक्रबार काठमाडौँ उपत्यकामा यो वर्षकै सबैभन्दा कम तापक्रम १ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको थियो ।

तराईका जिल्लाहरूमा सबैभन्दा कम बाराको सिमराको तापक्रम ४.५ डिग्रीमा झरेको छ । केही दिनयता तराईका जिल्लाहरुमा अधिकांश समय हुस्सु लागे पनि शितलहर भने भइनसकेको महाशाखाले जनाएको छ ।

४८ घण्टासम्म घाम नदेखिने गरी बाक्लो हुस्सु र कुहिरो लागेमा शीतलहर भएको ठानिने मौसमविद मिनकुमार अर्याल बताउँछन् ।

आज दिउँसो प्रदेश- १ र गण्डकी प्रदेशका भू-भागहरुमा आंशिक बदली रहे पनि अन्यत्रको मौसम भने सफा रहने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  ८ : ४६ बजे

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई

३३ अंकले बढ्यो नेप्से, कारोबार कति ? 

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

यस्तो छ, पोखरा र सुदूरपश्चिमको प्लेइङ इलेभेन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा