नेकपाको मतको बैधता सकियो : गगन थापा | Khabarhub Khabarhub

नेकपाको मतको बैधता सकियो : गगन थापा


५ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मन्त्रिपरिषदले प्रतिनिधि सभा विघटनको प्रस्ताव सिफारिस गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना सुरू भएको छ ।

प्रधानमन्त्री ओलीले लहडमा असंवैधानिक र अलोकतान्त्रिक कदम चालेर तीन वर्षअघि जनताले दिएको मतको वैधता पनि समाप्त पारेको कांग्रेस नेता गगन थापाले बताएका छन् ।

‘संविधान निर्माण गर्दा ५ वर्ष संसद चल्ने अवस्थाको परिकल्पनासहितको प्रावधान छ।  प्रधानमन्त्री ओलीले लहडमा गरेको संसद् विघटनको निर्णय असंवैधानिक र अलोकतान्त्रिक छ,’ थापाले ट्वीटमा भनेका छन्, ‘यसको संवैधानिक व्याख्या हुन्छ नै तर जे ब्याख्या भए पनि ३ वर्ष अगाडी जनताले नेकपालाई दिएको मतको वैधता भने यो सिफारिससंगै सकिएको छ।’

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  ११ : ५० बजे

इलाममा पराजित रास्वपाका मिलनले साग पसल खोल्ने

काठमाडौं– इलाम–२ मा भएको उपनिर्वाचनमा पराजित भएका राष्ट्रिय स्वतन्त्र पार्टी

भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभाल र रुसी समकक्षीबीच भेटवार्ता

काठमाडौं– भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र रुसका राष्ट्रिय

घाट पुगेका आफन्तको प्रश्न, सास जान कति समय लाग्छ ?

काठमाडौं – जतिसुकै घमण्ड भए पनि आर्यघाट पुगेपछि जिन्दगीबारे मान्छेको

विश्व मजदुर दिवसमा के गर्दैछन् श्रमिकहरु ? (फोटोफिचर)

आज १३५औँ अन्तराष्ट्रिय श्रमिक दिवस विश्वभर मनाइँदै छ । श्रमिकको

कांग्रेस सदैव मजदुरको हकहितमा : देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मजदुरका समस्यालाई