प्रचण्ड निवासमा दाहाल-नेपाल समूहका नेताहरूको ‘आकस्मिक’ बैठक « Khabarhub

प्रचण्ड निवासमा दाहाल-नेपाल समूहका नेताहरूको ‘आकस्मिक’ बैठक

बामदेब गौतम र बादल अनुपस्थित


५ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको प्रस्ताव राष्ट्रपतिसमक्ष सिफारिस गरेसँगै नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहितका शीर्ष नेताहरू खुमलटारमा ‘आकस्मिक’ छलफलमा जुटेका छन् ।

वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपाल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी बैठकले संसद विघटनको प्रस्ताव सिफारिस गर्ने ओलीको कदमविरूद्ध सामूहिक धारणा तय गर्नेछ ।

यसअतिरिक्त बालुवाटारमा पूर्वनिर्धारित स्थायी कमिटी बैठकको आवश्यक तयारी पनि भइरहेको दाहालका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ ले जनाएका छन् ।

बैठकमा उपाध्यक्ष बामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा’बादल’ भने सरिक छैनन् । यद्यपि उनीहरू आउने अपेक्षा गरिएको सापकोटाले बताए ।

संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय असंवैधानिक, अमर्यादित र अराजक भएको नेपालले बताएका छन् ।

पार्टी विवाद चरमोत्कर्षमा पुगेका बेला प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठकमार्फत संसद विघटको सिफारिस गरेकोमा कडा आपत्ति जनाउँदै नेता नेपालले ओलीको उक्त कदम ‘अराजक’ भएको बताइसकेका छन् ।

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  १ : १२ बजे

साम्प्रदायिक सद्भाव बिथोलेको आरोपमा मधेशका ५ जिल्लाबाट ३६ जना पक्राउ

काठमाडौं- नेपाल प्रहरीले साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याउने गतिविधिमा

सुनसरी घटनाका मृतकको शव परिवारले बुझ्यो, आजै अन्त्येष्टि गर्ने तयारी (तस्बिरहरू)

विराटनगर– सुनसरीमा साउन १० मा भएको दोहोरो झडपमा परेर मृत्यु

वीरगन्जमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न चार बुँदे निर्णय

वीरगन्ज– विभिन्न राजनीतिक दल सम्मिलित यहाँ भएको भएको सर्वदलीय बैठकले

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

भद्रपुर– बाह्रदशी गाउँपालिका–३ रामनगरस्थित हुलाकी सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जना