'आकस्मिक' छलफलपछि दाहाल-नेपाल समूहका नेताहरू स्थायी कमिटी बैठकका लागि बालुवाटारमा | Khabarhub Khabarhub

‘आकस्मिक’ छलफलपछि दाहाल-नेपाल समूहका नेताहरू स्थायी कमिटी बैठकका लागि बालुवाटारमा

ओलीलाई कारबाहीदेखि अदालत जानेसम्मको तयारी


५ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको प्रस्ताव राष्ट्रपतिसमक्ष सिफारिस गरेसँगै प्रचण्ड निवास खुमलटारमा बसेको प्रचण्ड-माधव समूहको आकस्मिक छलफलपछि नेताहरू बालुवाटार पुगेका छन् ।

बैठक सकिएलगत्तै पूर्वनिर्धारित स्थायी कमिटी बैठकमा सहभागी हुन नेताहरू बालुवाटार पुगेका हुन् । गत मंगलबार संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएर आलोचित बनेका ओलीले संसद विघटनको प्रस्ताव अघि बढाएपछि नेकपाको राजनीति तनावपूर्ण बनेको छ ।

दुई पक्षीय असमझदारी चरमोत्कर्षमा पुगेका बेला बस्न लागेको नेकपाको यो बैठक निर्णायक (वारपारको) नै हुन सक्ने आकलन पनि भइरहेका छन् ।

ओलीको पछिल्लो कदमलगत्तै प्रचण्ड निवासमा बसेको बैठकले संसद विघटनको प्रस्ताव सिफारिस गर्ने ओलीको कदमविरूद्ध संवैधानिक एवं राजनीतिक रूपमा लड्ने निधो गरेका छन् ।

दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपाल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी बैठकमा ओलीलाई अनुशासनको कारबाही गर्नेसम्मको विषय छलफलमा आएको बताइएको छ ।

‘संवैधानिकरूपमा अदालतमा जाने र राजनीतिक रूपमा ओलीलाई अनुशासनको कारबाहीसम्म गर्ने तयारीबारे बैठकमा छलफल भयो, यसबारे स्थायी कमीटीमै ओलीविरूद्ध सामूहिक धारणा राखिनेछ’, बैठकमा सहभागी एक नेताले भने।

बैठकमा उपाध्यक्ष बामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा’बादल’ भने सरिक नभएको नेकपा अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले बताए ।

संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय असंवैधानिक, अमर्यादित र अराजक भएकोमा नेताहरूको मतक्यैता रहेको पनि बताइएको छ ।

पार्टी विवाद चरमोत्कर्षमा पुगेका बेला प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठकमार्फत संसद विघटको सिफारिस गरेका छन् ।

प्रधानमन्त्रीको सो सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरिसकेकी छैनन् ।

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  १ : ४२ बजे

कान्तिपुरका अध्यक्ष सिरोहिया धनुषा प्रहरीको हिरासतमा

धनुषा – नागरिकताको अनुसन्धानका लागि पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका

क्यानडामा नेपाली पर्यटन प्रवर्द्धन कार्यक्रम

काठमाडौं– आर्थिक कूटनीति सञ्चालनको सिलसिलामा क्यानडाको एडमन्टन सहरमा पर्यटन प्रवर्द्धन

कूटनीतिक अधिकारीहरूसँग कन्सुल विभागको छलफल

काठमाडौं– कन्सुलर सेवा विभागले नेपालस्थित एसियाली विकास बैंक, संयुक्त राष्ट्रसङ्घ

के हो प्रसव फिस्टुला ?

लामो र कठिन सुत्केरी व्यथापछि महिलाको योनीमार्गबाट लगातार पिसाब, दिसा

कोशीलगायत पहाडी भूभागमा वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल