‘आकस्मिक’ छलफलपछि दाहाल-नेपाल समूहका नेताहरू स्थायी कमिटी बैठकका लागि बालुवाटारमा « Khabarhub

‘आकस्मिक’ छलफलपछि दाहाल-नेपाल समूहका नेताहरू स्थायी कमिटी बैठकका लागि बालुवाटारमा

ओलीलाई कारबाहीदेखि अदालत जानेसम्मको तयारी


५ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको प्रस्ताव राष्ट्रपतिसमक्ष सिफारिस गरेसँगै प्रचण्ड निवास खुमलटारमा बसेको प्रचण्ड-माधव समूहको आकस्मिक छलफलपछि नेताहरू बालुवाटार पुगेका छन् ।

बैठक सकिएलगत्तै पूर्वनिर्धारित स्थायी कमिटी बैठकमा सहभागी हुन नेताहरू बालुवाटार पुगेका हुन् । गत मंगलबार संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएर आलोचित बनेका ओलीले संसद विघटनको प्रस्ताव अघि बढाएपछि नेकपाको राजनीति तनावपूर्ण बनेको छ ।

दुई पक्षीय असमझदारी चरमोत्कर्षमा पुगेका बेला बस्न लागेको नेकपाको यो बैठक निर्णायक (वारपारको) नै हुन सक्ने आकलन पनि भइरहेका छन् ।

ओलीको पछिल्लो कदमलगत्तै प्रचण्ड निवासमा बसेको बैठकले संसद विघटनको प्रस्ताव सिफारिस गर्ने ओलीको कदमविरूद्ध संवैधानिक एवं राजनीतिक रूपमा लड्ने निधो गरेका छन् ।

दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपाल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी बैठकमा ओलीलाई अनुशासनको कारबाही गर्नेसम्मको विषय छलफलमा आएको बताइएको छ ।

‘संवैधानिकरूपमा अदालतमा जाने र राजनीतिक रूपमा ओलीलाई अनुशासनको कारबाहीसम्म गर्ने तयारीबारे बैठकमा छलफल भयो, यसबारे स्थायी कमीटीमै ओलीविरूद्ध सामूहिक धारणा राखिनेछ’, बैठकमा सहभागी एक नेताले भने।

बैठकमा उपाध्यक्ष बामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा’बादल’ भने सरिक नभएको नेकपा अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले बताए ।

संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय असंवैधानिक, अमर्यादित र अराजक भएकोमा नेताहरूको मतक्यैता रहेको पनि बताइएको छ ।

पार्टी विवाद चरमोत्कर्षमा पुगेका बेला प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठकमार्फत संसद विघटको सिफारिस गरेका छन् ।

प्रधानमन्त्रीको सो सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरिसकेकी छैनन् ।

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  १ : ४२ बजे

चितवनका १३ जनामा औलो सङ्क्रमण पुष्टि

चितवन– चालु आर्थिक वर्षमा जिल्लामा १३ जनामा औलो (मलेरिया) रोगका

चीन–अमेरिका व्यापार तनावमा नरमी, पारस्परिक महसुल कटौतीतर्फ सहमति

बेइजिङ– चीन र अमेरिकाबीच लामो समयदेखि जारी व्यापार तनाव कम

प्रतिनिधिसभा : विपद्, सुकुम्वासी व्यवस्थापन र सडक सुरक्षामा ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसदहरूले स्वास्थ्य सेवा, विपद्

एमाले सांसदको गुनासो : रास्वपाका सांसदले हेपे, सभामुखले पनि विभेद गरे

काठमाडौं- नेकपा एमालेकी सांसद एशुदाकुमारी बरालले सत्तारुढ दलका सांसदहरूले पुराना

एमाले सांसद्को आरोप- सुकुम्वासीलाई बलपूर्वक हटाएर सरकारले गम्भीर र त्रुटिपूर्ण निर्णय गर्‍यो

काठमाडौं– नेकपा (एमाले) का सांसद गुरु बरालले भरपर्दो बसोबासको व्यवस्था