प्रतिनिधि सभा भङ्गपछिको सुरक्षा चुनौतीबारे प्रधानसेनापतिद्वारा पृतनापतिहरूसँग संवाद « Khabarhub

प्रतिनिधि सभा भङ्गपछिको सुरक्षा चुनौतीबारे प्रधानसेनापतिद्वारा पृतनापतिहरूसँग संवाद


५ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— प्रधानसेनापति पूर्णचन्द्र थापाले सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा भङ्ग गरी नयाँ निर्वाचनको घोषणा गरेपछि उत्पन्न हुन सक्ने सम्भाव्य सुरक्षा चुनौतीबारे पृतनापतिहरूसँग भिडियो संवाद गरेका छन् ।

सेनापति थापाले आठैजना पृतनापतिसँग बिफ्रिङ लिँदै सुरक्षा सर्तकता अपनाउन र सुरक्षा अवस्थाको सूक्ष्म निगरानी गर्न निर्देशन दिएका छन् । उच्च सैन्य स्रोतका अनुसार नेपाली सेना प्रतिनिधि सभा विघटनको निर्णयलाई राजनीतिक मान्दै तटस्थ बस्ने निष्कर्षमा पुगेको छ ।

नाम उल्लेख नगर्ने शर्तमा खबरहबसँग संक्षिप्त कुरा गर्दै एक सैनिक अधिकारीले भने, ‘सेना कुनै पनि राजनीतिक कदमको राजनीतिक समाधान होओस् भन्ने चाहन्छ, वैधानिक सरकारको निर्णय मान्नु हाम्रो दायित्व हो, हामी पछिल्लो परिस्थितिबारे गम्भीर रहे पनि राष्ट्रिय सुरक्षाबाहेकको विषयमा हाम्रो संलग्नता रहँदैन ।’

उनले सुरक्षा स्थिति समाल्न प्रहरी नै सक्षम हुनेमा नेपाली सेना विश्वस्त रहेको बताए । उनले नेपाली सेनाले कुनै पनि प्रकारको हिंसा र झडपको अवस्था नआओस् भन्ने चाहेको पनि बताए ।

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  ३ : ३२ बजे

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि : मेरो कार्यदिशा

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू

लोकप्रियताको शिखर चढिरहेकी आरती

काठमाडौं- कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाबाट मोडलिङ तथा कलाकारितालाई आफ्नो

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

नयाँदिल्ली– भारतको ‘कक्रोच’ युवा आन्दोलनले विवादास्पद मतदाता सूची संशोधनको विरोध

न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन

काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा