नेकपा सांसदहरुले आज बिहानै गरेका थिए प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता « Khabarhub

नेकपा सांसदहरुले आज बिहानै गरेका थिए प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता


५ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका सांसदहरूले आइतबार बिहानै प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध संसद सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेको खुलेको छ।

नेकपाका ९० जना सांसद्हरुको हस्ताक्षरमा अविश्वासको प्रस्ताव दर्ता भएको थियो।

उनीहरुले संविधानको धारा १०० को उपधारा ४ बमोजिम अविश्वास प्रस्ताव दर्ता गरेको जनाएका छन् । उक्त उपधारामा संसदका एक चौथाइ सदस्यले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न सक्ने व्यवस्था छ।

स्रोतका अनुसार नेकपा अध्यक्ष पुष्पकमल दाहाल व्रचण्डलाई भावी प्रधानमन्त्री प्रस्ताव गरेर अविश्वासको प्रस्ताव दर्ता भएको थियो।

अविश्वासको प्रस्ताव ल्याउँदा भावी प्रधानमन्त्रीको नामसहित प्रस्ताव गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार प्रचण्डको नाम प्रस्ताव गरिएको हो। तर, संसद विघटन भइसकेकाले यो प्रस्ताव भने अब अलपत्र परेको छ।

मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी छन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६को उपधारा (१) र (७) तथा धारा ८५ बमोजिम प्रतिनिधिसभा विघटन गरेकी हुन् ।

साथै सरकारको सिफारिसमा राष्ट्रपतिले वैशाख १७ र २७ गते गरी दुई चरणमा प्रतिनिधिसभा निर्वाचनको मिति पनि तोकेकी छिन् ।

यस्तो छ अविश्वासको प्रस्ताव 

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  ५ : ११ बजे

एमाले सांसद्को आरोप- सुकुम्वासीलाई बलपूर्वक हटाएर सरकारले गम्भीर र त्रुटिपूर्ण निर्णय गर्‍यो

काठमाडौं– नेकपा (एमाले) का सांसद गुरु बरालले भरपर्दो बसोबासको व्यवस्था

तस्बिरमा हेर्नुहोस्, आजको प्रतिनिधिसभा बैठक

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठक जारी छ । बैठकमा अहिले आकस्मिक

दुई महिनापछि होर्मुजबाट चीनका दुई सुपरट्यांकर बाहिरिए, अमेरिकालाई इरानको अर्को चेतावनी

तेहरान- इरान युद्धको तनावका कारण दुई महिनादेखि फारसको खाडीमा फसेका

काभ्रेको नमोबुद्धमा बर्ड फ्लुको संक्रमण पुष्टि

काठमाडौं– काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकामा बर्ड फ्लुको संक्रमण पुष्टि भएको छ

कान्स स्टल विवादमा हस्ताक्षरबिनाको विज्ञप्तिबाट बोल्यो विकास बोर्ड

काठमाडौं – कान्स फिल्म फेस्टिभलको स्टल विवादमा चलचित्र विकास बोर्डले