केदारनाथका जगतगुरु भीमाशंकरसँग पूर्वराजा शाहले गरे भेटवार्ता « Khabarhub

केदारनाथका जगतगुरु भीमाशंकरसँग पूर्वराजा शाहले गरे भेटवार्ता


७ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिन्दु धर्मावलम्वीको पवित्र तिर्थस्थल केदारनाथका जगतगुरु भीमाशंकर लिंगसँग पूर्वराजा ज्ञानेन्द्र शाहले भेटवार्ता गरेका छन् ।

हाल झापामा रहेका पूर्वराजा शाह केही दिन अघि काठमाडौं आएर निर्मल निवासमै भीमाशंकरसँग भेटवार्ता गरेका हुन् ।

निर्मल निवासमा भएको भेटमा  भीमाशंकरले उनलाई हिन्दु राष्ट्र प्रमुखका रुपमा केदारनाथको प्रसाद र आशीर्वाद दिएका थिए । चन्दन समेत लगाइदिएका थिए ।

माघे संक्रान्तिको अवसर पारेर भीमाशंकर नेपाल आएका थिए । उनले चार दिने नेपाल यात्राका क्रममा पशुपतिनाथ, केदारनाथको शीर मानिने डोलेश्वर महादेव मन्दिरको पूजाअर्चनासँगै  कालीगण्डकीमा स्नान लगायतका धार्मिक कर्म गरेका थिए ।

उनले गत पुस २९ गते डोलेश्वर महादेवमा पूजा अर्चना गरी सोही राति निर्मल निवासमा पूर्वराजासँग भेटघाट गरेका थिए । उनले माघे संक्रान्तिको बिहान पशपतिनाथ मन्दिरमा विशेष पूजा गरी देवघाट प्रस्थान गरेका थिए।

नवलपरासीस्थित मध्यविन्दुका करिब ५ हजार आदिबासिलाई रुद्राक्षको माला लगाइदिएर धर्म परिवर्तन अभियानको प्रतिकार तथा अस्वीकार गर्न समेत उनले आग्रह गरेका थिए।

उनले त्यहाँ संस्कृत महाविद्यालय खोली सबै जातजातीका व्यक्तिहरुका लागि ज्ञानको श्रोतमा पहुँच सुनिश्चित गर्न आफू सक्रिय रहेको बताए । उनले आफ्नो यात्राका क्रममा एक लाख श्रीमद् भागवत गीता पनि वितरण गरेका थिए ।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलबार  ९ : ०२ बजे

भारतीय तीर्थयात्रीको मृत्यु भएको दुर्घटनाबारे छानबिन गर्न समिति गठन

गोरखा – सात भारतीय तीर्थयात्रीको ज्यान जाने गरी गोरखामा भएको

के हो आइतबार आकाशमा देखिएको चम्किलो दृश्य ?

काठमाडौं – आइतबार साँझ नेपालका विभिन्न स्थानबाट आकाशमा देखिएको उज्यालो

साढे २२ करोड जरिवाना र ६ वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ

काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंबाट एकजना फरार

पेट्रोल प्रतिलिटर १५ र डिजेल १० रुपैयाँले बढ्यो

काठमाडौँ – डिजेल र पेट्रोलको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय

नवनिर्वाचित सांसदलाई रास्वपाले अभिमुखीकरण तालिम दिने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका