सभामुखका लागि आज उम्मेदवारी दर्ता, सापकोटाको मनोनयनमा नेम्वाङ प्रस्तावक « Khabarhub

सभामुखका लागि आज उम्मेदवारी दर्ता, सापकोटाको मनोनयनमा नेम्वाङ प्रस्तावक


७ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको सभामुख पदका लागि सार्वजनिक निर्वाचत कार्यतालिका अनुसार आज (मंगलबार) उम्मेदवारहरुको प्रस्ताव (मनोनयन) दर्ता हुँदै छ ।

संघीय संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सभामुख पदका उम्मेदवारहरुको प्रस्ताव दर्ता हुन लागेको हो ।

मंगलबार नै सभामुख पदका लागि प्रस्ताव (मनोनय) दर्ता भएका उम्मेदवारको सूची पनि प्रकाशन गरिने छ ।

प्रतिनिधिसभाको सभामुख पदका लागि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अग्नि सापकोटालाई उम्मेदवार बनाउन निर्णय गरिसकेको छ ।

सापकोटाले अबको केही बेरमा सभामुख पदका लागि उम्मेदवार दर्ता गर्ने जनाइएको छ ।

सापकोटाले नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको प्रस्तावमा सभामुखका लागि उम्मेदवारी दर्ता गर्न लागेका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने सभामुखमा उठाउने उम्मेदवारको टुंगो लगाएको छैन ।

कांग्रेसले नेकपासँग उपसभामुख पद आफूले पाउनु पर्ने माग अगाडि सारेको छ । नेकपाले उपसभामुखमा समर्थन नगर्ने संकेत गरेपछि मात्रै सभामुखका लागि उम्मेदवार उठाइने कांग्रेस नेताहरुको भनाइ छ ।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलबार  ११ : ५१ बजे

उम्मेदवारबारे एमाले ओखलढुंगामा किचलो, जिल्ला कार्यालयमा तालाबन्दी, अध्यक्षले हात उठाए

ओखलढुंगा– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ओखलढुंगामा प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार चयनले

सर्वोच्चद्वारा बागमती किनारको २० मिटर थप क्षेत्र छाड्नुपर्नेसम्बन्धी आफ्नै फैसला उल्ट्यायो

काठमाडौं- सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाका बागमती नदी र यसका सहायक

नेपालमा ऊर्जा क्षेत्रको विकास गर्न निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रको

महँगो म्युजिक भिडियो खेल्यो कि दुलही !

काठमाडौं – कलाकार राजाराम पौडेलले एक समय अन्तर्वार्तामा भनेका थिए–

बीवाईडी नाम दुरुपयोग गर्ने अनधिकृत डिजिटल प्लेटफर्ममाथि साइमेक्स इंकको कानुनी पहल 

काठमाडौं– बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंक प्राइभेट लिमिटेडले बीवाईडी