यस्तो छ सुशील र रुबिना स्टारर ‘लभ डायरिज’ को ट्रेलर (भिडियो) « Khabarhub

यस्तो छ सुशील र रुबिना स्टारर ‘लभ डायरिज’ को ट्रेलर (भिडियो)


७ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘लभ डायरिज’ को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरियो ।

युट्युबमा भने राति मात्र ट्रेलर सार्वजनिक गरिएको थियो ।

प्रेम दिवसको अवसर पारेर फागुन २ गतेदेखि प्रदर्शनमा आउने ‘लभ डायरिज’ लाई सौरभ चौधरीले निर्देशन गरेका हुन् । फिल्ममा सुशील श्रेष्ठ र रुविना थापाको शीर्ष भूमिका रहेको छ ।

यसअघि फिल्मको गीत र टिजर सार्वजनिक भइसकेका छन् । पटक–पटक रिलिज मिति सार्दै आएको यो फिल्म फागुनमा आउने अब भने पक्काजस्तै भएको छ ।

प्रेमकथामा आधारित यो फिल्ममा प्रेम, विछोड र रोमान्सलाई देखाइएको छ । फिल्ममा विश्वजीत रिमाल, विष्णु सापकोटा, अर्जुनजंग शाही, विशाल पहारी लगायतका कलाकारले समेत अभिनय गरेका छन् । फिल्मका लगानीकर्ता विनोद सापकोटा हुन् ।

यस्तै फिल्ममा सञ्जय लामाको छायांकन, मिलन श्रेष्ठ र दीर्घ खड्काको सम्पादन तथा अर्जुन पोखरेलको संगीत रहेको छ ।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलबार  १२ : २३ बजे

आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ३० गते बुधबार तदनुसार

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा