यस्तो छ सुशील र रुबिना स्टारर ‘लभ डायरिज’ को ट्रेलर (भिडियो) « Khabarhub

यस्तो छ सुशील र रुबिना स्टारर ‘लभ डायरिज’ को ट्रेलर (भिडियो)


७ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘लभ डायरिज’ को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरियो ।

युट्युबमा भने राति मात्र ट्रेलर सार्वजनिक गरिएको थियो ।

प्रेम दिवसको अवसर पारेर फागुन २ गतेदेखि प्रदर्शनमा आउने ‘लभ डायरिज’ लाई सौरभ चौधरीले निर्देशन गरेका हुन् । फिल्ममा सुशील श्रेष्ठ र रुविना थापाको शीर्ष भूमिका रहेको छ ।

यसअघि फिल्मको गीत र टिजर सार्वजनिक भइसकेका छन् । पटक–पटक रिलिज मिति सार्दै आएको यो फिल्म फागुनमा आउने अब भने पक्काजस्तै भएको छ ।

प्रेमकथामा आधारित यो फिल्ममा प्रेम, विछोड र रोमान्सलाई देखाइएको छ । फिल्ममा विश्वजीत रिमाल, विष्णु सापकोटा, अर्जुनजंग शाही, विशाल पहारी लगायतका कलाकारले समेत अभिनय गरेका छन् । फिल्मका लगानीकर्ता विनोद सापकोटा हुन् ।

यस्तै फिल्ममा सञ्जय लामाको छायांकन, मिलन श्रेष्ठ र दीर्घ खड्काको सम्पादन तथा अर्जुन पोखरेलको संगीत रहेको छ ।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलबार  १२ : २३ बजे

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि