जब शाहरुख खानसँग पैसा थिएन, झिंगा परेको लस्सी पनि पिए | Khabarhub Khabarhub

जब शाहरुख खानसँग पैसा थिएन, झिंगा परेको लस्सी पनि पिए


७ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शाहरुख खानलाई दर्शकले ठूलो पर्दामा देख्न नपाएको एक वर्षभन्दा पनि बढी भयो । पछिल्लो समय उनी फिल्म ‘जिरो’ मा देखिएका थिए । त्यसपछि उनले कुनै फिल्म पनि साइन गरेका छैनन् ।

हालै शाहरुखले रियालिटी शो डान्स प्लसको शूटिङ गरे । सामाजिक सञ्जालमा शूटिङका तस्वीरहरु भाइरल भइरहेका छन् । उनले उक्त शोको झण्डै ६ घण्टा शूट गरेका थिए ।

यस क्रममा शाहरुखले कैयन् कुराको खुलासा गरेका छन् ।

मुम्बई मिररका अनुसार शाहरुखले आफ्नो पहिलो ताजमहल घुमफिरका बारेमा पनि बताए । उनले जीवनको पहिलो कमाइ ५० रुपैयाँ भएको पनि खुलाए ।

पहिलो कमाइपछि उनी ताजमहल घुम्न गए । उनको सबै पैसा रेलको टिकटमा खर्च भएको थियो । त्यतिबेला उनीसँग ५० रुपैयाँ थियो ।

केवल पिंक लस्सीका लागि उनीसँग पैसा बचेको थियो । शाहरुखले एक लस्सी किने तर उनको लस्सीमा झिंगा पर्‍यो । शाहरुखले उक्त लस्सी पनि पिए ।

त्यो लस्सी खाएपछि आफूलाई यात्राका क्रममा वान्ता भएको पनि उनले खुलाए ।

साथै शाहरुखले यो पनि बताए कि, आफू ९५ वर्षको हुँदा पनि छैंया छैंया गीतमा नाच्नेछन् । यो गीत शाहरुखको फिल्म ‘दिल’ मा समावेश छ । उनले यो गीत रेलको छतमा शूटिङ गरेका थिए । यो गीत शाहरुखका फिल्मको रुचाइएको गीतमध्ये एक हो ।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलबार  १२ : ५३ बजे

अर्थतन्त्रको दिगो विकासका लागि ठोस गृहकार्य आवश्यक : अध्यक्ष मल्ल

काठमाडौं – नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकको

नेपाल बैंक र एक्जिम बैंकबीच आयात निर्यात व्यापार सम्झौता

काठमाडौं – नेपाल बैंक लिमिटेड र एक्जिम बैंक इन्डियाबीच आयात

‘द आर्चिज’बाट को–कस्ले गर्दैछन् डेब्यु ?

काठमाडौं – द आर्चिजबाट कयौँ स्टार किड्ज आफ्नो एक्टिङ डेब्यु

एनसेलको खरिदबिक्री छानबिन गर्न समिति गठन हुने

काठमाडौं – एनसेलको सेयर खरिदबिक्री प्रकरणबारे विस्तृत छानबिन गर्न समिति

‘एनिमल’ले शाहरुखको ‘पठान’लाई उछिन्यो

काठमाडौं – रणवीर कपुर स्टारर ‘एनिमल’ले प्रदर्शनको तीन दिनमा भारतीय