धुलिखेल–बर्दिवास सडकमा ‘पासिङ जोन’ निर्माण गरिने « Khabarhub

धुलिखेल–बर्दिवास सडकमा ‘पासिङ जोन’ निर्माण गरिने


७ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – धुलिखेल–बर्दिवास सडकखण्डमा सवारी साधन केही समय राख्न र रोक्न (पासिङ जोन ) निर्माण गरिने भएको छ ।

एक लेन चौडाइको सो सडकमा एउटा सवारीसाधन बिगँ्रदा अथवा राकिएर रहँदा सवारीसाधन आगमन ठप्प हुने अवस्थालाई अन्त्य गर्ने ठाउँ ठाउँमा पासिङ जोन निर्माण गर्न लागिएको हो ।

एक सय ६० किमि सडकमा चार पाँच सय मिटरको दूरीमा जोन निर्माण गर्ने गरी योजना बनाइएको आयोजना व्यवस्थापक सूर्यबहादुर भाटले जानकारी दिए । उहाँका अनुसार चार खण्डमा विभाजित सडकमा सबैभन्दा साँघुरो भागका रुपमा खुर्काेट–नेपालथोक रहेको छ । उनले भने, “चौडाइ बढी भएकोभन्दा कम चौडाइको सडकमा बढी आवश्यक देखिएको छ ।”

साँघुरो सडकमा पछिल्लो समय सवारी चाप बढिरहेको हुँदा यसको विकल्पको खोजी शुरु गरिएको हो । बिसाउन र रोक्न मिल्ने स्थान भएकैमा सवारीसाधनले उछिन्ने पनि गर्न सक्छन् । सडक विस्तारको तयारी अघि बढिरहँदा ‘जोन’ पनि तयारी भएको हो । आयोजना व्यवस्थापक भाटले भने, “सडकको बढी साँघुरा स्थानमा जोन निर्माणको योजना बनाइएको हो ।”

सडक विभागले अन्य राजमार्गमा पनि पासिङ जोन निर्माण गर्दै जाने नीति बनाएको छ । निर्माणाधीन नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गमा पनि बिसाउन र रोक्न मिल्ने स्थानसमेत डिजाइनमा छ ।

मुख्य सुरुङमार्गमा तीन वटा सवारीसाधन सहज आवतजावत गर्न सक्ने र एउटा गाडी बिग्रँदा पनि दुईवटै गाडी चल्न सक्नेछन् । सहायक टर्नेल तत्काल उद्धारका लागि हुने बताइएको छ । ठाउँठाउँमा मुख्य सुरुङबाट सहायक सुरुङ प्रवेशको द्वार बन्नेछ ।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलबार  ३ : ०७ बजे

रविले बोलाए अर्को सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

आईजीपी कार्कीबारे खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हट्यो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षा र खेलकुद क्षेत्रमा नेपाल–बेलायत सहकार्यबारे छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त

बाँदरलाई हानेको गोली लागेर एक जनाको मृत्यु

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा बाँदरलाई हानेको गोली लागेर

ट्राफिक प्रहरीले फेला पारेका ५० मोटरसाइकल तथा स्कुटर सम्बन्धित धनीलाई बुझायो

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका