भारतीय वुमन्स लिग खेल्न सावित्रा र अनिता भारत प्रस्थान « Khabarhub

भारतीय वुमन्स लिग खेल्न सावित्रा र अनिता भारत प्रस्थान


७ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय महिला फुटबल टोलीका स्टार खेलाडी सावित्रा भण्डारी र अनिता बस्नेत भारतीय वुमन्स आई लिग खेल्न भारत प्रस्थान गरेका छन् ।

सावित्रा र अनिता मंगलबार भारत प्रस्थान गरेका हुन् । यी दुवै खेलाडीले अघिल्लो बर्षको आई लिग पनि खेलेका थिए। अघिल्लो बर्ष सेथु एफसीबाट दुवै खेलाडीले खेलेका थिए भने यो बर्ष सावित्राले क्लब परिवर्तन गरेकि छन्।

यस सिजनको लिग सावित्राले गोकुलम केरलाबाट खेल्न लागेको खबरहबसँग बताइन् । गोकुलमले राम्रो प्रस्ताव ल्याएपछि आफूले क्लब परिवर्तन गरेको सावित्राले बताइन्।

घरेलु टिम एपीएफ क्लबबाट खेल्ने यी खेलाडी आई लिगमा भने एक अर्काको विरुद्व खेल्ने छन् ।

‘अनितासँग मेरो राम्रो कम्बिनेसन हुँदै आएको थियो । नेपालका लागि र एपीएफमा हुँदा राम्रो हुन्थ्यो । म उसलाई मिस गर्छु’,सावित्राले भनिन्।

अघिल्लो बर्ष सेथु एफसी च्याम्पियन बनेको थियो।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलबार  ४ : ५० बजे

सभापति रवि लामिछाने भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई

कांग्रेस महाधिवेशन : एक वरिष्ठ नेता, एक उपसभापति र दुई सहमहामन्त्री थपिँदै

काठमाडौँ– नेपाली कांग्रेसले पहिलोपटक पार्टी विधानमा वरिष्ठ नेताको प्रावधान ल्याउने

जनजागरण साकोस मिर्गेको कुल पुँजी २५ करोड नजिक

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–३ मिर्गेस्थित जनजागरण बचत तथा ऋण सहकारी

दुई घण्टाअघि नै खुलामञ्चमा पुग्न थाले प्रतिनिधि (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज काठमाडौंको

स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध

म्याड्रिड– अत्यधिक वर्षाका कारण उत्तरपूर्वी स्पेनमा बाढीको जोखिम बढेपछि अधिकारीहरूले