रक्षामन्त्री पोखरेल र बेल्जियमकी राजकुमारी एस्ट्रिडबीच भेटवार्ता « Khabarhub

रक्षामन्त्री पोखरेल र बेल्जियमकी राजकुमारी एस्ट्रिडबीच भेटवार्ता


७ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल भ्रमणमा रहेकी बेल्जियमकी राजकुमारी अस्ट्रिडले नेपाल र बेल्जियमबीचको आर्थिक सम्बन्धलाई थप मजबुत बनाउन व्यापार, लगानी, पर्यटनलगायत क्षेत्रमा सहकार्य अभिवृद्धि गर्दै जान आवश्यक रहेको बताएकी छिन् । उनले यसका लागि आफूले सक्दो पहल गर्ने प्रतिवद्धता जनाएकी छिन् ।

सिहंदरबारस्थित रक्षा मन्त्रालयमा आज उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँगको शिष्टाचार भेटमा उनले नेपाल र बेल्जियमबीचको सम्बन्ध थम मजबुत बनाउन आफूले सक्दो प्रयास गर्ने बताएकी हुन् ।

राजकुमारी अस्ट्रिडलाई नेपालले नेपाल भ्रमण वर्ष २०२० मनाइरहेको सन्दर्भमा नेपाल भ्रमणमा आएकोमा मन्त्री पोखरेलले खुशी व्यक्त गरे ।

उपप्रधानमन्त्री पोखरेलले नेपाल र बेल्जियमबीच लामो समयदेखि घनिष्ठ एवं मैत्रीपूर्ण सम्बन्ध रहेको र यो सम्बन्धलाई दुई देशबीच व्यापार, लगानी तथा पर्यटनको विस्तारमार्फत थप फराकिलो, प्रगाढ र प्रतिफलमुखी बनाउन आवश्यक रहेकामा जोड दिए ।

युरोपेली आयोगभित्रको एक महत्वपूर्ण राष्ट्र बेल्जियमसँगको मैत्रीपूर्ण सम्बन्धलाई नेपालले सदैव उच्च महत्व दिएको जनाउँदै पोखरेलले बेल्जियम सरकारले नेपालको आर्थिक र सामाजिक विकासमा पुर्‍याएको सहयोगका लागि नेपाली जनता र नेपाल सरकारको तर्फबाट बेल्जियम सरकारलाई धन्यवाद व्यक्त गरे ।

यसैगरी उनले नेपालका क्षयरोग तथा कुष्ठरोगका बिरामीका स्वास्थ्योपचारमा उपलब्ध गराएको सहयोग एवं यी रोगहरूलाई निर्मूल पार्न प्रदान गरेको सहायताका लागि आभार व्यक्त गरे ।

भेटवार्ताका क्रममा बेल्जियमकी राजकुमारी अस्ट्रिडले बेल्जियम र नेपाल लामो समयदेखि अत्यन्त असल मित्रका रूपमा रहेको चर्चा गर्दै नेपालमा हालका दिनमा राजनीतिक स्थिरता कायम भएकोमा खुशी व्यक्त गरिन् । उनलेआफू अध्यक्ष रहेको दामियन फाउण्डेसनले विश्व स्वास्थ्य सङ्गठनसँगको सहकार्यमा नेपाललगायत मुलुकमा कुष्ठरोग र क्षयरोग निवारणका क्षेत्रमा उल्लेखनीय कार्य गरिरहेको र यसलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताइन् ।

नेपाल बारुदी सुरुङ्बाट मुक्त भएकोमा खुशी व्यक्त गर्दै उनले नेपाल चाँडै नै ओटाबा कन्भेन्सनको पक्ष राष्ट्र बन्नेमा आफू आशावादी रहेको विचार व्यक्त गरेको रक्षा मन्त्रालयका प्रवक्ता सन्तबहादुर सुनारले जानकारी दिए ।

राजकुमारी अस्ट्रिड एकसाताका लागि यही माघ ५ गते नेपाल भ्रमणमा आएकी हुन् ।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलबार  ८ : २३ बजे

सिलिङमा स्वास्थ्य मन्त्रालयको बजेट नौ अर्ब घट्यो

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आगामी आर्थिक वर्ष २०८३ ०८४

क्युबाविरुद्ध कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाबाट तेल निर्यात रोकिएपछि बढ्दो

सांसदहरूलाई रविले भने : सरकार बनेको बेलुकाबाटै ढाल्न लाग्छन्, सचेत हुनुस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरुलाई संयमितता

हेलिकप्टर दुर्घटनाबारे एयर डाइनेस्टीले भन्यो : पाइलटसहित सबै ६ यात्रु सकुशल  

काठमाडौं– एयर डाइनेस्टी सर्भिसको हेलिकोप्टर बुधबार खोटाङमा दुर्घटनामा परेको छ।

हेलिकप्टर दुर्घटनामा परेका पाइलट र घाइतेलाई काठमाडौं लगिँदै

खोटाङ– खोटाङको केपिलासगढी गाउँपालिका-२ खार्तम्छाको बालाबेंसीमा काठमाडौंबाट गएको एयर डाइनेष्टीको