चार सवारी चालक पुर्पपक्षका लागि कारागार चलान | Khabarhub Khabarhub

चार सवारी चालक पुर्पपक्षका लागि कारागार चलान


७ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- सवारीसाधन चलाउने क्रममा विभिन्न कारण दुर्घटना गराएका चारजना सवारी चालकलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रनाउ राजकुमार केसीका अनुसार सवारी चालक अनुमति पत्र बिना सवारी चलाउने, मादक पदार्थ सेवन गरेका र गाडीको ढोका खुल्ला राख्दा दुर्घटना गराई मानवीय क्षति पुर्‍याएको अभियोगमा चारजना सवारी चालकलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।

जिल्ला अदालत कास्कीको आदेशानुसार सवारी चालक अनुमति पत्र बिना सवारी चलाउने किशोर भण्डारी र कृष्ण विश्वकर्मा, ढोका खुला राखी गाडी चलाउने रविन राई एवम् मापसे गरी सवारीसाधान चलाई दुर्घटना गराउने सुजन विकलाई कारागार चलान गरिएको उनले जानकारी दिए ।

उनका अनुसार पोखरा महानगरपालिका–६ डिहिकोपाटनमा कार दुर्घटनाका कारण पोखरा–११ फूलबारी बस्ने २२ वर्षीय रेक्स आलेको मृत्यु भएको थियो । सवारी अनुमतिपत्र बिना कार चलाउने दाङ तुल्सीपुर उपमहानगरपालिका–११ बस्ने २१ वर्षीय किशोर भण्डारीले चलाएको ग१च ९६९९ नंको कारले ठक्कर दिँदा अन्य तीनजना घाइते भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी अनुमतिपत्र बिना मोटरसाइकल चलाएर सवारी दुर्घटना गराएको अभियोगमा पोखरा– २६ अर्घौंचोक बस्ने २७ वर्षीय कृष्ण विश्वकर्मालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

पोखरा–३० शिशुवाचोकस्थित भित्री सडकबाट डाँडाकोनाकतर्फ जाँदै गरेको ना४५प ५६९४ नंको मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्री ८१ वर्षीय भानुभक्त तिवारीको मुत्यु भएको प्रहरीले जनाएको छ । बालोदय उच्च माविको ग१क २४९९ नंको बसका चालक सुनसरी धरान नगरपालिका–१९ घर भएका ४३ वर्षीय रबिन राईलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

पोखरा–१७ राममन्दिर नजीकै ढोका बन्द नगरी चलाएको बसबाट अचानक खस्दा पोखरा–१७ विरौटा निवासी २६ वर्षीय सरिता पौडेल सुवेदीको सोही बसको पछिल्लो चक्काले कुल्चियर मृत्यु भएको थियो ।

पुर्पक्षका लागि कारागार चलाउन हुनेमा मापसे गरी अनियन्त्रित तथा लापरवाहीपूर्ण तरिकाले चलाइएको ग१७प ३५४७ नंको स्कुटरका चालक २५ वर्षीय सुजन विक छन् ।

पोखराको पृथ्वीचोक सडकखण्डमा भएको स्कुटरको ठक्करबाट पोखरा– ९ नयाँबजारका ४२ वर्षीय अमृत घिमिरे घाइते भएका थिए ।

सवारी दुर्घटना गराई भागेका चालक विकलाई पक्राउ गरी अङ्गभङ्ग शीर्षकमा मुद्दा दर्ता गरिएको प्रवक्ता केसीले जानकारी दिए ।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलबार  ११ : ०० बजे

प्रदेश सरकारले पुनः निर्माण कोषमा ४० करोड जम्मा गर्ने

विराटनगर – कोशी प्रदेश सरकारले पुनःनिर्माण कोषमा रु ४० करोड

भारतलाई हराउँदै बंगलादेश साफ च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौं – बंगलादेश साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ ।

विश्वकप छनोटका लागि नेपाली महिला क्रिकेट टोलीको घोषणा

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसीसी यु–१९ महिला

सुगम नगरको दुर्गम बस्ती

कञ्चनपुर – यहाँको भीमदत्त नगरपालिका–९ खल्लाकी निर्मला खड्काको पाँच कट्ठा

गोसाइँकुण्डमा हिमपात सुरु

रसुवा – गोसाइँकुण्ड क्षेत्रमा हिमपात सुरु भएको छ । लौरीविनायकभन्दा