चार सवारी चालक पुर्पपक्षका लागि कारागार चलान « Khabarhub

चार सवारी चालक पुर्पपक्षका लागि कारागार चलान


७ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- सवारीसाधन चलाउने क्रममा विभिन्न कारण दुर्घटना गराएका चारजना सवारी चालकलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रनाउ राजकुमार केसीका अनुसार सवारी चालक अनुमति पत्र बिना सवारी चलाउने, मादक पदार्थ सेवन गरेका र गाडीको ढोका खुल्ला राख्दा दुर्घटना गराई मानवीय क्षति पुर्‍याएको अभियोगमा चारजना सवारी चालकलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।

जिल्ला अदालत कास्कीको आदेशानुसार सवारी चालक अनुमति पत्र बिना सवारी चलाउने किशोर भण्डारी र कृष्ण विश्वकर्मा, ढोका खुला राखी गाडी चलाउने रविन राई एवम् मापसे गरी सवारीसाधान चलाई दुर्घटना गराउने सुजन विकलाई कारागार चलान गरिएको उनले जानकारी दिए ।

उनका अनुसार पोखरा महानगरपालिका–६ डिहिकोपाटनमा कार दुर्घटनाका कारण पोखरा–११ फूलबारी बस्ने २२ वर्षीय रेक्स आलेको मृत्यु भएको थियो । सवारी अनुमतिपत्र बिना कार चलाउने दाङ तुल्सीपुर उपमहानगरपालिका–११ बस्ने २१ वर्षीय किशोर भण्डारीले चलाएको ग१च ९६९९ नंको कारले ठक्कर दिँदा अन्य तीनजना घाइते भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी अनुमतिपत्र बिना मोटरसाइकल चलाएर सवारी दुर्घटना गराएको अभियोगमा पोखरा– २६ अर्घौंचोक बस्ने २७ वर्षीय कृष्ण विश्वकर्मालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

पोखरा–३० शिशुवाचोकस्थित भित्री सडकबाट डाँडाकोनाकतर्फ जाँदै गरेको ना४५प ५६९४ नंको मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्री ८१ वर्षीय भानुभक्त तिवारीको मुत्यु भएको प्रहरीले जनाएको छ । बालोदय उच्च माविको ग१क २४९९ नंको बसका चालक सुनसरी धरान नगरपालिका–१९ घर भएका ४३ वर्षीय रबिन राईलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

पोखरा–१७ राममन्दिर नजीकै ढोका बन्द नगरी चलाएको बसबाट अचानक खस्दा पोखरा–१७ विरौटा निवासी २६ वर्षीय सरिता पौडेल सुवेदीको सोही बसको पछिल्लो चक्काले कुल्चियर मृत्यु भएको थियो ।

पुर्पक्षका लागि कारागार चलाउन हुनेमा मापसे गरी अनियन्त्रित तथा लापरवाहीपूर्ण तरिकाले चलाइएको ग१७प ३५४७ नंको स्कुटरका चालक २५ वर्षीय सुजन विक छन् ।

पोखराको पृथ्वीचोक सडकखण्डमा भएको स्कुटरको ठक्करबाट पोखरा– ९ नयाँबजारका ४२ वर्षीय अमृत घिमिरे घाइते भएका थिए ।

सवारी दुर्घटना गराई भागेका चालक विकलाई पक्राउ गरी अङ्गभङ्ग शीर्षकमा मुद्दा दर्ता गरिएको प्रवक्ता केसीले जानकारी दिए ।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलबार  ११ : ०० बजे

इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति

जकार्ता- भारत र इन्डोनेसियाले रक्षा, महत्वपूर्ण खनिज, समुद्री सुरक्षा तथा

सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सूचनाको हक मन्त्रालयको

दैलेख दुर्घटना : कर्णालीमा बेपत्ता एक जनाको शव कैलाली भेटियो

कर्णाली– यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क

टेलिकम कम्पनीले किन बन्द गर्दैछन् ‘थ्रीजी’ सेवा ?

काठमाडौं– टेलिकम सेवा प्रदायक कम्पनीहरू नेपाल टेलिकम र एनसेलले ‘थ्रीजी’

शक्तिशाली सरकारको सय दिन पूरा भएपछि धमाधम भडास पोख्दै सत्तारुढ सांसदहरू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार गठन भएको सय दिनपछि सत्तारुढ