वन कार्यालयको रेलिङमा अल्झिएर घाइते अवस्थामा मृग फेला | Khabarhub Khabarhub

वन कार्यालयको रेलिङमा अल्झिएर घाइते अवस्थामा मृग फेला


७ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

रुकुम- रुकुम (पूर्व) को डिभिजन वन कार्यालयमै मृग भेटिएको छ । सिस्ने गाउँपालिका–५ को लाम्पाटास्थित डिभिजन वन कार्यालय बसेको घरको रेलिङमा अल्झिएको अवस्थामा दारे (भाले) मृग फेला परेको हो ।

घरको रेलिङमा टाउको अल्झिएर निस्कन नसकेको अवस्थामा मृग फेला पारिएको थियो । रेलिङमा टाउको अडिएको र निस्कन अनेक प्रयास गर्दा मृगको टाउकामा गहिरो चोट लागेको छ । मृगको मुखबाट रगत पनि बगिरहेको छ । टाउकोमा चोट लागेको मृगको उपचार चलिरहेकोे डिभिजन वन कार्यालय रुकुम (पूर्व)का डिभिजन वन अधिकृत बेसिन्द्रराज सुवेदीले बताए ।

चोट गहिरो भएका कारण सञ्चो नहुन्जेलसम्म मृगलाई सुरक्षित साथ कार्यालयमै राखेर उपचार गरिने पनि उनले जानकारी दिए ।

“मृगलाई बस्नका लागि फलामको सुरक्षित खोर बनाइएको छ, मृग पूर्णरुपमा स्वस्थ भयो भनेमात्र उसलाई जङ्गलमा लगेर छाड्छौँ”, उनले भने । मृगको उपचार गर्न र उसलाई निको हुन केही समय लाग्ने उनको भनाइ छ ।

आज बिहान बाटो हिँड्दा स्थानीयवासीले घरको रेलिङमा अल्झिएर मृग छट्पटाइरहेको देखेपछि वन कार्यालयका कर्मचारीलाई खबर गरेका थिए । रातिको समयमा घुम्दै बजार पसेको मृग भाग्ने क्रममा अँध्यारोमा रेलिङमा फसेको हुनसक्ने वन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलबार  ८ : ५८ बजे

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको