वन कार्यालयको रेलिङमा अल्झिएर घाइते अवस्थामा मृग फेला « Khabarhub

वन कार्यालयको रेलिङमा अल्झिएर घाइते अवस्थामा मृग फेला


७ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

रुकुम- रुकुम (पूर्व) को डिभिजन वन कार्यालयमै मृग भेटिएको छ । सिस्ने गाउँपालिका–५ को लाम्पाटास्थित डिभिजन वन कार्यालय बसेको घरको रेलिङमा अल्झिएको अवस्थामा दारे (भाले) मृग फेला परेको हो ।

घरको रेलिङमा टाउको अल्झिएर निस्कन नसकेको अवस्थामा मृग फेला पारिएको थियो । रेलिङमा टाउको अडिएको र निस्कन अनेक प्रयास गर्दा मृगको टाउकामा गहिरो चोट लागेको छ । मृगको मुखबाट रगत पनि बगिरहेको छ । टाउकोमा चोट लागेको मृगको उपचार चलिरहेकोे डिभिजन वन कार्यालय रुकुम (पूर्व)का डिभिजन वन अधिकृत बेसिन्द्रराज सुवेदीले बताए ।

चोट गहिरो भएका कारण सञ्चो नहुन्जेलसम्म मृगलाई सुरक्षित साथ कार्यालयमै राखेर उपचार गरिने पनि उनले जानकारी दिए ।

“मृगलाई बस्नका लागि फलामको सुरक्षित खोर बनाइएको छ, मृग पूर्णरुपमा स्वस्थ भयो भनेमात्र उसलाई जङ्गलमा लगेर छाड्छौँ”, उनले भने । मृगको उपचार गर्न र उसलाई निको हुन केही समय लाग्ने उनको भनाइ छ ।

आज बिहान बाटो हिँड्दा स्थानीयवासीले घरको रेलिङमा अल्झिएर मृग छट्पटाइरहेको देखेपछि वन कार्यालयका कर्मचारीलाई खबर गरेका थिए । रातिको समयमा घुम्दै बजार पसेको मृग भाग्ने क्रममा अँध्यारोमा रेलिङमा फसेको हुनसक्ने वन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलबार  ८ : ५८ बजे

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत