पशुपतिनाथ दर्शनका लागि यी पाँच स्थानबाट लाइन लाग्ने व्यवस्था « Khabarhub

पशुपतिनाथ दर्शनका लागि यी पाँच स्थानबाट लाइन लाग्ने व्यवस्था


९ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज महाशिवरात्रि पर्व । देशभरका शिवमन्दिरमा भगवान शिवको पूजा आराधना गरिदैछ ।  महाशिवरात्रिमा लाखौंको संख्यामा पशुपतिनाथको दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्दछ ।

यस वर्ष महाशिवरात्रिमा पशुपतिनाथको दर्शनका लागि पाँच स्थानबाट लाइन लाग्ने व्यवस्था मिलाइएको छ ।

पशुपति क्षेत्र विकास कोषले जनाए अनुसार मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, जयवागेश्वरी–ईंटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोका, बत्तीसपुतली–गौशाला तथा एअरपोर्ट–तिलगङ्गा भएर पिङगलास्थान–सुमार्गी भवन हुँदै चार शिवालय–पञ्चदेवल दक्षिण ढोकाबाट एक/एक लाम गरी बाहिरी रुपमा दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।

यसैगरी तिलगङ्गा राममन्दिरतर्फसमेत आवश्यकता अनुसार एक लामको व्यवस्था गर्न सकिने गरी व्यवस्थापन मिलाउन लागिएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए ।

नित्य दर्शनार्थीका लागि बिहान ७ बजे अगावै भुवनेश्वरीस्थित फलामको सानो ढोकाबाट प्रवेशको व्यवस्था मिलाइएको छ । जुन दर्शनमार्गबाट मन्दिर प्राङ्गण प्रवेश गरिन्छ सोहीमार्ग हुँदै मन्दिर प्राङगणबाट बाहिरिने व्यवस्था मिलाइएको छ ।

महाशिवरात्रिमा लाखौँको सङ्ख्यामा आउने दर्शनार्थी, भक्तजन र समग्र व्यस्थापनलाई मध्यनजर गरी कोषले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री एवं कोष सञ्चालक परिषद्का अध्यक्ष योगेशकुमार भट्टराईको संयोजकत्वमा १११ सदस्यीय मूल समिति गठन गरेको छ ।

यसैगरी सुरक्षा व्यवस्था, आवास, भोजन तथा भौतिक पूर्वाधार, प्रचारप्रसार, साधुसन्त तथा धार्मिक, वातावरण, सरसफाइ तथा जुत्ता चप्पल व्यवस्था, स्वास्थ्य सेवा व्यवस्था, मेला बजार तथा साज सजावट, स्वयंसेवा, दर्शन, चन्दन तथा मन्दिर एवं रात्रिकालीन व्यवस्था, स्वयंसेवा परिचालन एवं अनुगमन, सरकारी निकाय समन्वय, अनुगमन, मूल्याङ्कन तथा तथ्याङ्क सङ्कलन उपसमिति गठन गरिएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार  ५ : ५६ बजे

जेन-जी प्रदर्शनका घाइतेलाई सरकारले राहत उपलब्ध गराउने

काठमाडौं– सरकारले सरकारले जेन-जी प्रदर्शनका क्रममा घाइते भएका दुई हजार

विराटनगरले पोखरालाई दियो एनपीएलकै उच्च २२१ रनको लक्ष्य

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको मंगलबारको खेलमा विराटनगर किङसले

क्रम्प्टनको दशैं-तिहारको ठूलो हर्षका लक्की ड्र विजेता घोषणा

काठमाडौं– सीजी इलेक्ट्रोनिक्सले आयोजना गरेको ‘क्रम्प्टनदशैं–तिहारको ठूलो हर्ष’ अभियान अन्तर्गत

लोकश र मार्टिन चल्दा विराटनगरको स्कोर २०० नजिक, दबाबमा पोखरा

काठमाडौं – नेपाल प्रिमियर लिग अन्तर्गत मंगलबारको खेलमा विराटनगर किङ्सका

राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशकमा कल्पना श्रेष्ठ नियुक्त 

काठमाडौं– भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशकमा डा। कल्पना