महाकाल शिवको विशेष दिन आज, यसरी गर्नुहोस पूजा « Khabarhub

महाकाल शिवको विशेष दिन आज, यसरी गर्नुहोस पूजा


९ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एकातिर टाउकोमा चन्द्रमा अर्कोतर्फ महाविषधारी सर्प घाँटिमा माला । गृहस्थ भएर पनि श्मशानवासी, वीतरागी । सौम्य, आशुतोष भएर पनि भयंकर रुद्र अर्थात शिवको आज विशेष दिन महाशिवरात्रि ।

जो भूत, प्रेत, पिसाच, नंदी, सर्प, कंकालले घेरीएका छन्, जो महाकाल शिव हुन् उनकै आराधना गर्ने महापर्व हो, शिवरात्री ।

शिव हिन्दू धर्मको प्रमुख देवताहरू मध्यको एक ईश्वर को रुप हो । जसका कारण हिन्दू धर्मालम्बीहरु शिवलाई प्रमुखताका आधारमा पुज्दछन् ।

भगवानको तीन रूपहरू मध्येको एक शिवलाई विनाशकर्ताका रूपले चिनिन्छ । शिवलाई प्राय: शिवलिङ्गको रूपमा पूजा गर्ने गरिन्छ । वेदमा शिवलाई रुद्र भनिएको छ ।

रुद्र व्यक्तिको चेतनाको अन्तर्यामी छन् । हिन्दू मान्यता अनुसार ब्रह्माजी यो संसारका सृष्टिकर्ता हुन् भने भगवान विष्णु यो संसारको पालन कर्ता र शिव यो संसारका संहार कर्ता हुन् । हुनत प्रत्येक महिनाको कृष्णपक्षको चतुर्दशीलाई शिवरात्रि मानिन्छ । तर फाल्गुन कृष्ण चतुर्दशीलाई महाशिवरात्रि मानिन्छ । शिवका बारेमा यसरी पनि जान्न सकिन्छ ।

वर्ग : महादेव (त्रिमुर्ति)
वासस्थान : कैलाश पर्वत
मन्त्र : ॐ नम: शिवाय
अश्त्र : त्रिशूल
जीवनसाथी : सती, पार्वती
वाहन : नन्दी (साँढे)

शिवका विशेषताहरू
त्र्यम्बकम् – तेस्रो आँखा भएका
नीलकण्ठ – निलो घाँटी भएका
जटाधारी – जटा परेको कपाल
गंगाधर – शिरमा गंगा भएका
भष्मांगर – शरीरमा खरानी धस्ने
बाघम्बर – बाघको छाला ओढ्ने
नगेन्द्र हारम् – शरीरमा सर्पहरूको माला बेर्ने

पूजा विधि
शिवरात्रिको पूजा रात्रिको चारै प्रहरमा गर्नुपर्दछ । शिवलाई बेल पत्र, धतुरोको फूल, भाङको प्रसाद अर्पण गर्नुपर्दछ । यि वस्तु शिवका अति प्रिय छन् ।

यसका साथै पुजामा दूध, दही, घिउ, सख्खर, मह यि पाँच अमृत समान वस्तु अर्थात यिनको मिश्रण पञ्चामृत पूजन कार्यमा उपयोग गर्नुपर्दछ । पञ्चामृतले स्नान गराएपछि इत्र चढाई जनै पहियाउनु पर्दछ ।

र अन्त्यमा भाङको प्रसाद चढाउनु पर्दछ । व्रत गर्न नसक्नेहरुले पनि आज संभव भए अनुसार शिवको पुजन वा आरधना गर्नु पर्दछ ।

शिव प्रार्थना मन्त्र
नम: शम्भवाय च मयोभवाय च नम: शन्कराय च मयस्कराय च नम: शिवाय च शिवतराय च ।।
ईशान: सर्वविद्यानामीश्वर: सर्वभूतानां ब्रह्माधिपतिर्ब्रह्मणोऽधिपतिर्ब्रह्मा शिवोमा अस्तु सदाशिवोम ।।

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार  ९ : ०२ बजे

रसुवागढी भन्सार : धमाधम सरसामान तथा सवारीसाधन आयात

रसुवा– रसुवागढी नाका पुनः सञ्चालनमा आएसँगै विद्युतीय सवारीसाधन आयात हुन

तरबुजाखेतीमा किसानलाई आकर्षित गर्दै पोखरा महानगर

गण्डकी– पोखरा महानगरपालिकाले किसानलाई तरबुजाखेतीतर्फ आकर्षित गर्न अनुदानलगायतका कार्यक्रम अघि

बैतडीमा पाँच मतदान केन्द्र थपिए

बैतडी– बैतडीमा पाँचवटा मतदान केन्द्र थपिएका छन् । आगामी फागुन

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

नवलपरासी– पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोटमा ट्रकको ठक्करबाट

भेनेजुएला: डेल्सीलाई कार्यकारी राष्ट्रपतिको जिम्मेवारी

काठमाडौं – भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले कार्यकारी राष्ट्रपतिको जिम्मेवारी पाएकी