महाकाल शिवको विशेष दिन आज, यसरी गर्नुहोस पूजा « Khabarhub

महाकाल शिवको विशेष दिन आज, यसरी गर्नुहोस पूजा


९ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एकातिर टाउकोमा चन्द्रमा अर्कोतर्फ महाविषधारी सर्प घाँटिमा माला । गृहस्थ भएर पनि श्मशानवासी, वीतरागी । सौम्य, आशुतोष भएर पनि भयंकर रुद्र अर्थात शिवको आज विशेष दिन महाशिवरात्रि ।

जो भूत, प्रेत, पिसाच, नंदी, सर्प, कंकालले घेरीएका छन्, जो महाकाल शिव हुन् उनकै आराधना गर्ने महापर्व हो, शिवरात्री ।

शिव हिन्दू धर्मको प्रमुख देवताहरू मध्यको एक ईश्वर को रुप हो । जसका कारण हिन्दू धर्मालम्बीहरु शिवलाई प्रमुखताका आधारमा पुज्दछन् ।

भगवानको तीन रूपहरू मध्येको एक शिवलाई विनाशकर्ताका रूपले चिनिन्छ । शिवलाई प्राय: शिवलिङ्गको रूपमा पूजा गर्ने गरिन्छ । वेदमा शिवलाई रुद्र भनिएको छ ।

रुद्र व्यक्तिको चेतनाको अन्तर्यामी छन् । हिन्दू मान्यता अनुसार ब्रह्माजी यो संसारका सृष्टिकर्ता हुन् भने भगवान विष्णु यो संसारको पालन कर्ता र शिव यो संसारका संहार कर्ता हुन् । हुनत प्रत्येक महिनाको कृष्णपक्षको चतुर्दशीलाई शिवरात्रि मानिन्छ । तर फाल्गुन कृष्ण चतुर्दशीलाई महाशिवरात्रि मानिन्छ । शिवका बारेमा यसरी पनि जान्न सकिन्छ ।

वर्ग : महादेव (त्रिमुर्ति)
वासस्थान : कैलाश पर्वत
मन्त्र : ॐ नम: शिवाय
अश्त्र : त्रिशूल
जीवनसाथी : सती, पार्वती
वाहन : नन्दी (साँढे)

शिवका विशेषताहरू
त्र्यम्बकम् – तेस्रो आँखा भएका
नीलकण्ठ – निलो घाँटी भएका
जटाधारी – जटा परेको कपाल
गंगाधर – शिरमा गंगा भएका
भष्मांगर – शरीरमा खरानी धस्ने
बाघम्बर – बाघको छाला ओढ्ने
नगेन्द्र हारम् – शरीरमा सर्पहरूको माला बेर्ने

पूजा विधि
शिवरात्रिको पूजा रात्रिको चारै प्रहरमा गर्नुपर्दछ । शिवलाई बेल पत्र, धतुरोको फूल, भाङको प्रसाद अर्पण गर्नुपर्दछ । यि वस्तु शिवका अति प्रिय छन् ।

यसका साथै पुजामा दूध, दही, घिउ, सख्खर, मह यि पाँच अमृत समान वस्तु अर्थात यिनको मिश्रण पञ्चामृत पूजन कार्यमा उपयोग गर्नुपर्दछ । पञ्चामृतले स्नान गराएपछि इत्र चढाई जनै पहियाउनु पर्दछ ।

र अन्त्यमा भाङको प्रसाद चढाउनु पर्दछ । व्रत गर्न नसक्नेहरुले पनि आज संभव भए अनुसार शिवको पुजन वा आरधना गर्नु पर्दछ ।

शिव प्रार्थना मन्त्र
नम: शम्भवाय च मयोभवाय च नम: शन्कराय च मयस्कराय च नम: शिवाय च शिवतराय च ।।
ईशान: सर्वविद्यानामीश्वर: सर्वभूतानां ब्रह्माधिपतिर्ब्रह्मणोऽधिपतिर्ब्रह्मा शिवोमा अस्तु सदाशिवोम ।।

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार  ९ : ०२ बजे

सरकारले एडिबीसँग १६ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण लिने

काठमाडौं – एसियाली विकास बैंक (एडिबी)ले नेपाल सरकारलाई १६ करोड

ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ

काठमाडौं – नेपाल प्रहरीले राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा अश्लिल

गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु

गोरखा – पर्याप्त पानी नपर्दा तल्लो भेगमा धान रोपाइँले गति

फेरिए भन्सार र आन्तरिक राजस्व विभागका महानिर्देशक

काठमाडौं । अर्थ मन्त्रालयअन्तर्गतका भन्सार विभाग र आन्तरिक राजस्व विभागका

आसिफ शेख अब लुम्बिनी लायन्समा

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा ओपनर आसिफ शेख आगामी