गाँजा सेवन गर्न नपाउने भएपछि हराए भोलेबाबा « Khabarhub

गाँजा सेवन गर्न नपाउने भएपछि हराए भोलेबाबा


९ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- बागेश्वरी मन्दिरको पूर्वतर्फ शिव महादेवको मूर्ति छ । शिवरात्रिमा भोलेबाबाले खचाखच भरिने बागेश्वरी मन्दिर परिसरमा यस वर्ष शिवभक्त देखिएनन् ।

उसो त अन्य समयमा पनि जुँगे महादेवको पूजा अर्चना गर्न बागेश्वरीमा उस्तै भीड हुन्छ । अन्य समयभन्दा शिवरात्रिका दिन भीड बढ्ने गर्छ ।

जुँगे महादेवको मूर्तिमा प्रसाद चढाउन र पूजाअर्चना गर्न भक्तजन लामो समय लाममा बस्नुपर्‍यो । नेपाल प्रहरीले लामलाई व्यवस्थित गरिरहेको थियो ।

“बिहान ४ बजेदेखि लाइनमा बसिरहेकी छु”, नेपालगञ्ज–१८, की पवित्रा बस्नेतले भनिन्, “लाइन घटिरहेको छ, अब पालो आउला जस्तो छ ।” मन्दिरमा विशेष गरी युवाको भीड देखिन्थ्यो ।

“पोहोर साल त धेरै देखेको थिएँ यसपालि भोलेबाबाहरु देखिएनन् । केही चिसो मौसम भएर होला रु” नेपालगञ्ज–१ की दीपिका रेग्मीले अड्कलबाजी गरेर भने, “विगतका वर्षहरुमा बागेश्वरी मन्दिर परिसरमा धुवाँ उडाइरहेका भोलेबाबा यसपालि हराएछन् ।” रेग्मीले भनेजस्तै यस वर्ष शिवरात्रिमा बागेश्वरीमा भोलेबाबा देखिएनन् ।

यस वर्ष शिवरात्रिमा भाङ, धतुरो र गाँजा खान र बेच्न स्थानीय प्रशासनले कडाइ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओलीले जानकारी दिए । उनले भने, “भोलेबाबाको उपस्थिति नहुनुमा यसैको प्रभाव पनि हुनसक्छ ।”

संसारभर पाइने महादेवको मूर्तिमध्ये जुँगा भएको मूर्ति यहीँ मात्र छ । बागेश्वरी मन्दिर यस क्षेत्रकै ठूलो र प्रसिद्ध मन्दिर हो । यस स्थानमा सतीदेवीको जिब्रो पतन भएको भन्ने जनविश्वास छ । एउटा ठूलो तलाउको किनारामा रहेको बागेश्वरी मन्दिर नयाँ मुलुकका रूपमा बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपालमा गाभिएपछि मात्रै पत्ता लागेको इतिहास छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार  ९ : ५३ बजे

जतिसक्दो चाँडो ‘ग्रे लिस्ट’बाट बाहिरिने गरी काम गरौँ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विषयमा नेपाललाई वित्तीय कारबाही

युक्रेनमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु

युक्रेन– युक्रेनमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु  हनुका साथै

लमजुङमा अलैँची बिक्रीबाट २४ करोड आम्दानी

लमजुङ– जिल्लामा यस वर्ष अलैँचीका दाना बिक्री गरी २४ करोड

चितवनमा तीन हजार निर्वाचन प्रहरी खटिने

चितवन– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा

भारतमा निपाह भाइरसका दुई सङ्क्रमण, अवस्था नियन्त्रणमा

एजेन्सी – भारतका स्वास्थ्य अधिकारीहरूले पश्चिम बंगाल राज्यमा निपाह भाइरसका