डोलेश्वरदेखि कैलाशपतिसम्म दर्शनार्थीको घुइँचो « Khabarhub

डोलेश्वरदेखि कैलाशपतिसम्म दर्शनार्थीको घुइँचो


९ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- महाशिवरात्रि पर्वको अवसरमा भक्तपुरको प्रसिद्ध शिवालय केदारनाथको शिर डोलेश्वर-आशापुरीदेखि साँगाको अग्लो कैलाशनाथ महादेवसम्म दर्शनार्थीको भीड लागेको छ ।

आज मात्रै मन्दिरको चारैवटा ढोका खुला रहने डोलेश्वर महादेव मन्दिरमा बिहान ४ बजेदेखि नै दर्शनार्थीको भीड लागेको डोलेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका सचिव विश्वराम थापाले जानकारी दिए ।

मध्यराति मन्दिरमा विशेष पूजा गरेपछि बिहान ४ बजेदेखि मन्दिरको चारैवटा ढोका खुल्ला गरिएको र दर्शनार्थीका लागि सहज पूजा एवं दर्शन गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

अन्यदिनमा मन्दिरभित्र प्रवेश गर्न नपाइने भए पनि आज दर्शनार्थीले मन्दिरभित्र प्रवेश गरेर आफैँले पूजा एवं दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।

दर्शनलाई सहज बनाउन सुरक्षाकर्मी र स्वयंसेवकको टोली परिचालन गरिएको छ । मन्दिरमा लाइन बसेको आधा घण्टाभित्र दर्शन गरिसक्ने गरी व्यवस्था मिलाइएको छ । यस वर्ष एकलाख दर्शनार्थी आउने अनुमान गरिएको छ ।

भारतबाट आएका ४ सय साधुसन्तका लागि खाने बस्ने सुविधा मिलाइएको जानकारी दिँदै सचिव थापाले धुनी जगाउनका काठ उपलब्ध गराएको बताए ।

डोलेश्वर आउने साधुसन्त एवं बाबालाई समितिले एकएक थान धोती र कम्बल दिएको छ । यसैगरी फर्किने बेलामा उनीहरुलाई तहअनुसार एक हजार १००, एक हजार ३०० र एक हजार ५०० का दरले भेटी दिएर बिदाइ गरिने उनले बताए ।

सिपाडोलको प्रसिद्ध आशापुरी महादेव मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । मनले चिताएको आशा पूरा गर्ने जनविश्वास रहेको आशापुरी महादेवमा दर्शनार्थीको भीड लागेको छ ।

त्यस्तै यता सूर्यविनायक नगरपालिका–१० चित्तपोलमा रहेको साँगास्थित अग्लो महादेवको रुपमा चिनिएको कैलाशपति महादेव मन्दिरमा पनि बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ ।

दर्शनार्थीलाई सहज दर्शन गर्ने व्यबस्था गरिएको र त्यसका लागि सुरक्षाकर्मीदेखि स्वयंसेवक परिचालन भएको मन्दिरका व्यवस्थापक कमल जैनले जानकारी दिए ।

आज एक लाख भक्तजनले दर्शन गर्ने अनुमान गरिएको, काठमाडौँ उपत्यका र काभ्रे, सिन्धुपाल्चोक र उपत्यका बाहिरबाट समेत आउनेका लागि सहज दर्शन, खानेपानी, चिया सर्वत एवं निःशुल्क भोजनको व्यवस्था गरिएको हिल टैंक होमका प्रमुखसमेत रहेका जैनले जानकारी दिए ।

त्यसैगरी सूर्यविनायक नगरपालिका भित्र रहेका गुप्तेश्वर, सोमलिङ्गेश्वर, चरखण्डेश्वर, अनन्तलिङ्गेश्वर महादेव मन्दिरमा नि दर्शनार्थीको भीड लागेको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार  ११ : ५४ बजे

विश्वकपमा जर्मनीको गोल वर्षा, कुरासाओ ७–१ ले पराजित

ह्युस्टन – चार पटकको विश्व च्याम्पियन जर्मनीले फिफा विश्वकप २०२६

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर