झापा गाउँपालिकाका सबै विपन्न समुदायलाई पक्की बनाइँदै « Khabarhub

झापा गाउँपालिकाका सबै विपन्न समुदायलाई पक्की बनाइँदै


९ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- झापाको झापा गाउँपालिकाले ‘फुस हटाऊँ, टिनको छाना लगाऔँ’ भन्ने अभियान नै चलाएर विपन्न समुदायलाई धमाधम घर बनाउँदै हस्तान्तरण गरिरहेको छ ।

सात वडा रहेको गाउँपालिकाले सबै वडाका विपन्न समुदायलाई हालसम्म ९० घर बनाएर हस्तान्तरण गरिसकेको पालिकाका अध्यक्ष जयनारायण यादवले बताए ।

विसं २०६८ को जनगणनाअनुसार ३६ हजार ६०१ जनसङ्ख्या रहेको गाउँपालिकामा हाल बढेर ५० हजार बढी रहेको उनको भनाइ छ ।

तीमध्ये २० प्रतिशत मुस्लिम, २० प्रतिशत सन्थाल गरी विभिन्न जातजातिको मिश्रित बसोबास रहेको गाउँपालिकामा ६० प्रतिशत विपन्न समुदायको बसोबास रहेको उनको भनाइ छ ।

गाँससँगै बास पनि महत्वपूर्ण रहेको बताउँदै अध्यक्ष यादवले भने, ‘सबै जनतालाई सुरक्षित बासको व्यवस्था गर्ने उद्देश्यले सहारा नेपालको ह्युमानिटी फर हेल्भेटाससँग मिलेर धमाधम कतै घर बनाइरहेका छौँ कतै हस्तान्तरण गरिसक्यौँ ।’

वर्षौंदेखि कच्ची घरमा बस्दै आएका सन्थाल समुदायलाई नै लक्षित गरी वडा नं २ मा रहेको पालिकाको तीन बिघा जमीनमा सङ्घीय सकारको तराई–मधेश कार्यक्रमअन्तर्गत रु ९५ लाखमा भूकम्प प्रतिरोधी २० घर गत आर्थिक वर्ष २०७५/७६ मा बनाएर हस्तान्तरण गरिएको पालिकाका इञ्जिनीयर अभिषेक दासले बताए ।

उनका अनुसार सोही आर्थिक वर्षको बजेटबाट ह्युमानिटी फर हेल्भेटासको प्रतिघर ७५ हजार र गाउँपालिकाको प्रतिघर रु ७५ हजार गरी रु एक लाख ५० हजारका दरले ४० वटा तीनकोठे पक्की घर निर्माण गरी बुधबार मात्र हस्तान्तरण गरिएको छ ।

पालिकाले आर्थिक वर्ष विसं २०७४/७५ मा ३० घर बनाएर हस्तान्तरण गरेको उनको भनाइ छ । उनका अनुसार सबैभन्दा बढी वडा नं १ को लसुनगञ्जमा ३४ घर बनाएर हस्तान्तरण गरिएको छ । घर पाउनेमा अधिकांश सन्थाल समुदायका छन् ।

अध्यक्ष यादवले गाउँपालिकाको जग्गामा थप भूकम्प प्रतिरोधी घर निर्माण गर्ने तयारी भइरहेको बताउँदै भने, ‘२० घर बनाएर राखिसक्यौँ थप घर बनाएर त्यहाँ सन्थाल समुदायलाई नै लक्षित गरी घरवास सञ्चालन गर्छौँ ।’

उनले सन्थाल समुदायको सांस्कृतिक र धार्मिक पहिचानलाई जीवन्त राख्ने उद्देश्यले ‘सन्थाल सामुदायिक एरिया’ नामकरण गरेर उनीहरुलाई आर्थिक उन्नयनमा लाग्न अभिप्ररित गरिने बताए ।

सहारा नेपालसँग मिलेर चालू आवमा १०० घर निर्माण भइरहेको बताउँदै उनले ४१ वटा एक हप्ताभित्रमा हस्तान्तरण गरिने र बाँकी बन्दै गरेको जानकारी दिए ।

गाउँपालिकामा थप २३० घर निर्माणका लागि तयारी हुँदै गरेको उनको भनाइ छ । जनप्रतिनिधि निर्वाचित भएर आएपछि विपन्न समुदायलाई लक्षित गरेर घर, बिजुली र पानीलाई बढी प्राथमिकतामा राखेको अध्यक्ष यादवको भनाइ छ ।

कच्ची घरमा जोखिमपूर्ण बसोबास गर्दै आएका सन्थाल परिवार नयाँ पक्की घर पाएपछि दङ्ग छन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार  १२ : ५९ बजे

कांग्रेसलाई एकताबद्ध बनाउन जरुरी छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई एकताबद्ध बनाउन

ट्राफिक प्रहरीको ‘सप्राइज चेकिङ’ : ५७२ सवारी चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीको विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’का क्रममा आज

आईपीएल : वैभवको विष्फोटक ब्याटिङमा हैदराबादलाई राजस्थानले दियो २२९ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३६औँ खेलमा राजस्थान

मनोहरामा सुकुम्बासी बस्ती हटाउन पुगेको टोलीमाथि ढुंगामुढा, १९ सुरक्षाकर्मी घाइते

भक्तपुर – भक्तपुरको मनोहरा नदी किनार क्षेत्रमा सुकुम्बासी बस्ती हटाउन

रास्वपा सांसद पोखरेलले शिक्षकमाथि दुर्व्यवहार गरेको भन्दै शिक्षक महासङ्घको आपत्ति

काठमाडौं – नेपाल शिक्षक महासङ्घले प्रतिनिधि सभा निर्वाचनबाट ओखलढुङ्गा जिल्लाबाट