आङ्गै झिरिङ पार्ने घटना – खेलाडीद्वारा जलाएर श्रीमती र छोराछोरीको हत्या « Khabarhub

आङ्गै झिरिङ पार्ने घटना – खेलाडीद्वारा जलाएर श्रीमती र छोराछोरीको हत्या


९ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ब्रिस्बेन-अष्ट्रेलियाका रग्वी खेलका एक पूर्व खेलाडीले आफ्नी श्रीमती र तीन छोराछोरीको हत्या गरेको आशङ्का प्रहरीले गरेको छ ।

उक्त हत्याकाण्डको अनुसन्धान गरिरहेको अष्ट्रेलियाली प्रहरीले हत्यामा तिनै पूर्व खेलाडी संलग्न रहेको जनाएको हो ।

अष्ट्रेलियाली सञ्चारमाध्यमहरुले जनाएअनुसार प्रहरीले यो घटनालाई डरलाग्दो हिंसा भनेका छन् ।

प्रहरी अधिकारीकाअनुसार ३१ वर्षीया हाना क्लार्कको ब्रिस्बेनको अस्पतालमा मृत्यु भएको थियो । उनका तीन जना छोराछोरीको ज्यान गएको केही समयपछि उनको मृत्यु भएको थियो ।

उनका छोराछोरी तीन, चार र छ वर्षका मात्र थिए । ती छोराछोरीको निधनको केही घन्टापछि क्लार्कको पनि बुधबार ब्रिस्बेनको अस्पतालमा निधन भएको थियो । उनका पतिको पनि जलेर मृत्यु भएको छ ।

उनीहरु चढेको कारमा क्लार्कका ४२ वर्षीय पूर्व रग्वी खेलाडी एवं पति रोवान बाक्सटरले नै पेट्रोल खन्याएर आगो लगाएका थिए । कारमा लागेको आगोका कारण तीन छोराछोरीको ज्यान गइसकेको थियो । तर आधा जलेकी क्लार्क भने आफै अस्पताल पुगेकी थिइन् । तर सोही दिन उनको पनि ज्यान गयो ।

कारभित्रै रहेका रोवान पनि जलेको अवस्थामा सडक किनारमा देखिएका थिए, जहाँ उनको मृत्यु भएको थियो ।

क्लार्कको भनाई उद्धृत गर्दै ब्रिस्बेनको प्रहरीले सो कारमा ती पूर्व खेलाडीले आफैँ आगो लगाएको बताएको छ । त्यहाँ अरु कुनै प्रमाणहरु भेटिँदैनन् र कारमा आफैँ आगलागी भएको जस्तो पनि देखिँदैन– प्रहरीले भनेको छ ।

प्रहरीले कारमा पेट्रोल छर्केर आगो लगाइएकोजस्तो देखिएको बताएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार  ३ : १५ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया