सञ्चारमाध्यमले जनतामा आशा र नयाँ भावनाको सञ्चार गराउनुपर्छः मन्त्री पुन « Khabarhub

सञ्चारमाध्यमले जनतामा आशा र नयाँ भावनाको सञ्चार गराउनुपर्छः मन्त्री पुन


९ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकालाई सन्तुलनमा राख्ने कार्य सञ्चारमाध्यमको भएको बताएका छन् ।

उनले मुलुकमा समृद्धि र नेपाली जनताको अधिकार प्राप्तिमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताए । उनले सञ्चारमाध्यमले जनतामा आशा र नयाँ भावनाको सञ्चार गराउनुपर्ने बताए ।

पूर्वेली जनसञ्चार सहकारी संस्था लिमिटेडद्वारा प्रकाशित जनविद्रोहको परिवर्तित नाम ‘हाम्रोमत’ दैनिक पत्रिका तथा ‘हाम्रोमत अनलाइन’को सार्वजनिक गर्दै उनले हाम्रोमत पत्रिका आवाज बिहनीको आवाज बन्न सकोस् भनेर शुभकामना दिए ।

मन्त्री पुनले कार्यपालिका, न्यायापालिका र व्यवस्थापिकालाई सन्तुलनमा राख्ने सञ्चारमाध्यम आलोचनात्मक हुनुपर्ने भन्दै मुलुकमा आर्थिक र सामाजिक रुपान्तरण गर्नमा पत्रपत्रिकाले आफ्नो भूमिका निर्वाह गर्दै आएको स्पष्ट पारे ।

उनले जनताका आवाजलाई एकीकृत गरी पत्रिकाको माध्यमबाट पुनः जनतामाझ नै जाने सञ्चारमाध्यमले अब जनताको नयाँ भावना, आकाङ्क्षालाई बोक्नुपर्ने सुझाव दिए ।

मुलुकमा स्थिरता कायम राख्न र नेपाली जनताको लोकान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई बलियो बनाउन सञ्चारमाध्यमको भूमिका अझ फराकिलो हुनुपर्ने भन्दै मन्त्री पुनले सञ्चारमाध्यमले पनि समयअनुकूल आफूलाई सुधार र परिस्कृत गर्दै लैजानुपर्नेमा जोड दिए ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्रको लक्ष्य र आकाङ्क्षलाई पूरा गराउन तथा विकास र समृद्धिको यात्रामा आफूलाई ठोस ढङ्गले जोड्न सुझाव दिँदै पत्रपत्रिकामा नकारात्मक मात्र होइन, सकारात्मक कुरालाई पनि प्राथमिकता दिनुपर्ने बताए ।

नेपाली काँग्रेस प्रदेश नं १ संसदीय दलका नेता राजीव कोइरालाले सञ्चारमाध्यमले जनताको मौलिक हक र अधिकारलाई स्थापना गराउन क्रियाशील रहनुपर्नेमा जोड दिए ।

समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य जयराम यादवले समाजमा सचेतना फैलाउन सञ्चारमाध्यमको भूमिका प्रशंसनीय रहेको उल्लेख गरे ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नयाँ प्रारुपमा आएको पत्रिकाले जनताका समस्यालाई उठान गर्न सफलताको शुभकामना दिए । नेपला पत्रकार महासङ्घ प्रदेश नं १ समितिका अध्यक्ष विक्रम लुइँटेलले प्रेस कानून पत्रकारमैत्री बन्नुपर्ने धारणा राख्नुभयो । मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश मुन्दडा र उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरेले पत्रिका सधैँ नेपाली जनताको मन जित्न सफल हुने विचार व्यक्त गरेका थिए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार  ६ : २८ बजे

कांग्रेसलाई एकताबद्ध बनाउन जरुरी छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई एकताबद्ध बनाउन

ट्राफिक प्रहरीको ‘सप्राइज चेकिङ’ : ५७२ सवारी चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीको विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’का क्रममा आज

आईपीएल : वैभवको विष्फोटक ब्याटिङमा हैदराबादलाई राजस्थानले दियो २२९ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३६औँ खेलमा राजस्थान

मनोहरामा सुकुम्बासी बस्ती हटाउन पुगेको टोलीमाथि ढुंगामुढा, १९ सुरक्षाकर्मी घाइते

भक्तपुर – भक्तपुरको मनोहरा नदी किनार क्षेत्रमा सुकुम्बासी बस्ती हटाउन

रास्वपा सांसद पोखरेलले शिक्षकमाथि दुर्व्यवहार गरेको भन्दै शिक्षक महासङ्घको आपत्ति

काठमाडौं – नेपाल शिक्षक महासङ्घले प्रतिनिधि सभा निर्वाचनबाट ओखलढुङ्गा जिल्लाबाट