कोरोनाको संक्रमण हुन नदिन यसरी बढाउनोस् रोग प्रतिरोधक क्षमता (उपायसहित) | Khabarhub Khabarhub

कोरोनाको संक्रमण हुन नदिन यसरी बढाउनोस् रोग प्रतिरोधक क्षमता (उपायसहित)


८ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर कोरोनाभाइरसको संक्रमणले हजारौं मानिसको मृत्यु भएको छ ।

हजारौं मानिस उपचारारत छन् । कोरोना भाइरसको संक्रमणविरुद्धको औषधि र खोप दुबै अहिलेसम्म नभएकाले चिकित्सकहरुले संक्रमितहरुलाई ठ्याक्कै त्यसैको औषधि चलाउन पाइरहेका छैनन् ।

यस्तो अवस्थाकाबीच अस्पतालबाट ठीकठाकसँग घर फर्किएका मानिसहरु उपचारपछि निको भएर भन्दा पनि रोग प्रतिरोधात्मक क्षमता बढी भएका कारण कोरोना भाइरसलाई जीतेर घर फर्किरहेका छन् ।

तर सबैको रोग प्रतिरोधातम्क क्षमता बढी नहुन सक्छ । यस्तो अवस्थामा कसरी रोग प्रतिरोधात्मक क्षमता बढाउन सकिएला भनेर भएका केही अध्ययलाई आधार बनाएर यही मार्च ९ मा जेटएमइसाइन्सले समाचार प्रकाशन गरेको छ ।

उक्त समाचारमा उल्लेख गरिएका केही टिप्स यस्ता छन्, जसको माध्यमबाट मानिसहरुले रोग प्रतिरोधात्मक क्षमता बढाउँन सक्छन् । यसले कोरोना भाइरसजस्ता संक्रमणबाट मानिसलाई जोगाउन पनि सक्छ ।

तनाव घटाउने

तनाव लिदा शरीरको प्रतिरक्षात्मक क्षमता कमजोर हुन्छ । यसर्थ कोरोना भाइरसले संसार आक्रान्त भइरहँदा आफूलाई पनि सारो पार्ने हो कि भनेर अनावश्यक तनाव लिने गरी सोच्नु हुँदैन ।

तनावले कर्टिसल नामक हर्मोनलाई असर पार्छ । यो हर्मोन आवश्यकभन्दा धेरै भएमा यसले रगतमा बढी जलन पैदा गर्छ, जुन स्वास्थ्यका लागि हानिकारक हुन्छ।

तनावले अझ लिम्फोसाइट्स अर्थात् शरीरको प्रतिरक्षात्मक प्रणालीको सिपाही कोषाणुको उत्पादनमा असर गर्छ ।

यसर्थ तनाव लिदा भाइरसँग लड्ने तपाईको शरीरको क्षमता नै कमजोर हुन सक्छ । सङ्‌क्रमण तीव्र हुँदै गर्दा सक्दो तनावबाट मुक्त हुनु जरुरी छ किनकि तनावले झन् स्थिति बिगार्छ ।

यसर्थ तनावबाट मुक्त हुन अहिलै देखि लामो सास फोर्नुहोस्, आराम लिनुहोस्, शान्त हुनुहोस्।

थोरै कसरत

नियमित कसरत गर्दा मुटु स्वस्थ हुन्छ । स्वस्थ मुटुले रक्तचाप घटाउँछ, शरीरको वजन नियन्त्रण गर्छ र रोगप्रतिरोधी क्षमता पनि बढाउँछ ।

कसरतले रक्तसञ्चार राम्रो हुँदा प्रतिरक्षात्मक प्रणालीका कोषाणु शरीरभर फैलिएर आफ्नो कार्य राम्रोसँग गर्न सक्छ।

धेरै कठिन र लामो कसरतले शरीर पोल्ने हुन सक्छ, जसले प्रतिरक्षात्मक प्रणालीलाई असर गर्छ । त्यसैले विशेषतः यस्तो बेला थोरै कसरत गर्नु उपयुक्त मानिन्छ ।

पौष्टिक खाना

रोग प्रतिरोधी क्षमता बढाउन प्रतिरक्षात्मक प्रणाली दर्बिलो बनाउँन जरुरी छ । यसका लागी शरीरमा भरपुर पौष्टिक तत्व जरुरी छ ।

केही अध्ययनले पौष्टिक तत्त्वको असर सिधै रोगको सङ्‌क्रमण गरेका छन्, तर धेरैजसो सूक्ष्म पौष्टिक तत्त्वको कमीले प्रतिरोधात्मक क्षमतलाई असर गर्छ। जिङ्‌क, सेलेनियम, आइरन, कपर, फोलिक एसिड, भिटामिन ए, बी ६, सी र ईजस्ता सूक्ष्म पौष्टिक तत्त्व कमी हुँदा शरीरको प्रतिरक्षात्मक क्षमता पनि घट्छ।

त्यसैले फलफूल, तरकारीसहितको पौष्टिक तत्त्वयुक्त खाना खान जरुरी छ ।

धूमपान बन्द गर्नोस्  

धूमपान गर्ने अधिकांश मानिसहरू निमोनिया र इन्फ्युएन्जाजस्ता रोगबाट सङ्‌क्रमित हुन सक्छन् ।

यससँगै लामो समयसम्म बिरामी पर्ने र गम्भीर किसिमको रोग लाग्ने सम्भावना उच्च हुन्छ ।

धूमपानले शरीरको रक्षात्मक एन्टिअक्सिडेन्टको मात्रालाई कम गर्छ र यसैले गर्दा धूमपान गर्नेहरूको प्रतिरक्षात्मक क्षमता घट्दछ । यसर्थ चुरोट बिडी आदि तत्कालै बन्द गर्न जरुरी छ ।

पर्याप्त निद्राको जरुरी

विभिन्न अध्यनहरुका अनुसार पर्याप्त नसुत्ने मानिसहरुमा भाइरसको संक्रमण भए छिटो निको हुँदैन ।

जब हामी सुत्छौँ, तब हाम्रो शरीरले साइटोकिन्स नामक प्रोटिन उत्पादन गर्छ।

राम्रोसँग निन्द्रा नपुगे साइटोकिन्सको उत्पादन नै घट्छ। शरीरमा केही सङ्‌क्रमण हुँदा वा जलन हुँदा साइटोकिन्स अत्यावश्यक हुन्छ।

अझ तपाईँ राम्रोसँग सुत्नु भएन भने एन्टिबडी र प्रतिरक्षात्मक कोशाणुको उत्पादन पनि घट्छ।

सामान्यतः वयस्कका लागि ७ देखि ८ घन्टाको स्तरीय निद्रा आवश्यक हुन्छ। तर विद्यालय स्तरका बालबालिका र टिनएजर्सका लागि १० घन्टासम्मको निद्रा आवश्यक हुन्छ।

प्रस्तुत उपायहरु अवलम्बन गर्न सके हाम्रो शरीरको प्रतिरक्षात्मक क्षमता अझ बढ्ने बताइन्छ ।

मानव शरीर जीवाणु, भाइरस, ढुसी, परजीवीलाई पहिचान गर्न र त्यसकाविरुद्ध लड्न तमतायरी अवस्थामै रहेको हुन्छ । तर कडा खालका भाइरसकाविरुद्ध लड्न भने यसलाई पनि पूरक पोषणको जरुरी हुन्छ ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  ६ : ३० बजे

पूर्वीनाकामा अवैध व्यापारलाई निरुत्साहित गर्न सभामुख घिमिरेको आग्रह

झापा– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पूर्वीनाका काँकरभिट्टाबाट हुने अवैध व्यापारलाई

कामपाले भोलिदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्दै

काठमाडौं– काठमाडौँ महानगरपालिका (कामपा) ले भोलिदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने

कार्यान्वयनमुखी बजेट ल्याउन विज्ञहरुको सुझाव

काठमाडौं– विज्ञहरुले आगामी आर्थिक वर्षका लागि कार्यान्वयनमुखी बजेट ल्याउन सुझाव

सुदूरपश्चिममा नाउपाका दुवै नेताको दाबी अस्वीकृत, सोडारी मुख्यमन्त्री बन्ने बाटो खुल्यो

काठमाडौं– सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीका लागि परेको  दुवै

गोरखापत्र र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्षलाई बर्खास्त नगर्न सर्वोच्चको आदेश 

काठमाडौं– गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्षलाई