यस्ता छन् हातमा डोरो बाध्दा हुने फाइदा « Khabarhub

यस्ता छन् हातमा डोरो बाध्दा हुने फाइदा


८ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सनातन संस्कृतीमा हुने पुजाआजाका क्रममा होस् वा कुनै धार्मीक कर्मकाण्ड, हामीलाई पण्डितद्धारा हातमा डोरो बाध्ने परम्परा छ । रातो वा पहेलो रंगको डोरोलाई हातमा वैदिक मन्त्र उच्चारण गर्दै बाध्दा जीवनमा आउने संकटबाट रक्षा हुने मान्यता छ ।

कतिपयले यसलाई अवैज्ञानिक र बेतुकको मान्दछन् । डोरो बाध्दैमा कुनै लाभ नहुने भन्दै यसको विरोध गर्दछन् । तर सनातन कालबाट चलिआएको डोरो बाध्ने परम्परा अहिले पनि तर्क संगत र विज्ञान आधारित मानिन्छ ।

शास्त्र अनुसार हातमा डोरो बाध्ने परम्पराको शुरुवात देवी लक्ष्मी र राजा बलिका पाला देखि भएको हो । यस प्रकारको डोरोलाई रक्षा सूत्र पनि भनिन्छ । यो डोरो बाध्नाले ब्रह्मा, विष्णु र महेश अर्थात त्रिदेवको कृपा प्राप्त हुने मान्यता छ । वैदिक परम्परा देखि चलिआएको हातमा डोरो बाध्ने परम्परामा वैज्ञानिक कारण भेटिएको छ ।

हातमा डोरो बाध्ने मानिसको स्वास्थ्यमा यसले फाइदा पुर्याउने गर्दछ । शरीर विज्ञान अनुसार बिभिन्न भागका प्रमुख अंगमा पुग्ने नसा नाडीकै माध्यमबाट जाने गर्दछ । जसका कारण नाडीमा डोरो बाध्दा यि नसा नियन्त्रीत हुने गर्दछ । यसले त्रिदोष अर्थात पित्त र कफका समस्यामा फाइदा पुग्दछ । जसले प्रमाणित गर्दछ कि, हातमा डोरो बाध्ने मानिस अन्य भन्दा स्वस्थ रहन्छन् । हातमा डोरो बाध्नुको अन्य कैयौं फाइदाहरु रहने गर्दछन् । रक्तचाप, हृदय रोग, मधुमेह र पक्षघात जस्ता गम्भीर रोगमा समेत लाभ मिल्दछ ।

ज्योतिष शास्त्र अनुसार, हातमा रातो रंगको धारण गर्दा कुण्डलीमा मंगल ग्रह मजबूत हुन्छ । त्यस्तै पहेलो रंगको धारणले कुण्डलीमा गुरु बृहस्पति मजबूत हुन्छ । जसका कारण व्यक्तिको जीवनमा सुख, शान्ति र सम्पन्नता प्राप्त हुन्छ । साथै हातमा कालो डोरो बाध्दा शनि ग्रहबाट शुभ फल प्राप्त हुन्छ ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  ८ : ३१ बजे

सतचालिस प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम

काठमाडौं– रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयले ४७ जना प्रहरीलाई ट्राफिक

वाणिज्य विभागको बजार अनुगमन, एक फर्मलाई ५० हजार रुपैयाँ जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई ५०

विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित

काठमाडौं – आइसिसी टी-२० विश्वकप तयारीमा रहेको नेपाली राष्ट्रिय टिम

प्रतिनिधिसभा सदस्य निर्वाचन : सबैभन्दा बढी रुपन्देही र कम मुस्ताङमा उम्मेदवारी

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि

आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव कायमै, तराईमा हुस्सुको पीडा उस्तै

काठमाडौं – हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ।