कोरोना भाइरसको नयाँ लक्षणले वैज्ञानिक चिन्तित « Khabarhub

कोरोना भाइरसको नयाँ लक्षणले वैज्ञानिक चिन्तित


८ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोनाभाइरसको प्रकोप विश्वभर फैलिरहँदा यसको औषधि समेत बन्न सकिरहेको छैन ।

परीक्षण गरिएको औषधि र खोपको नतिजा आउँन पनि १ देखि २ महिना लाग्न सक्ने बताइएको छ ।

औषधि र खोप नै पत्ता नलागेकाले सतर्कता अपनाउँदै मानिसहरुलाई घरभित्रै बस्न विभिन्न मुलुकका सरकारले आह्वान गरिएको छ ।

कोरोना भाइरसको संक्रमण फैलिएको तीन महिना हुनै लाग्दा पनि नियन्त्रणमा नआएपछि वैज्ञानिकहरु चकित भएका छन् ।

बरु रुघाखोकीसँग मिल्दाजुल्दा लक्षणले वैज्ञानिकहरु चिन्तित भएका छन् । भाइरोलोजिस्ट हेन्ड्रिक स्ट्रिकका अनुसार कोरोनाभाइरसका कारण ठूलो संख्यामा मानिसहरुको मृत्यु हुने सम्भावना छ ।

जर्मनीको सार्वजनिक स्वास्थ्य एजेन्सीले यो महामारी २ वर्षसम्म रहन सक्ने चेतावनी दिएको छ ।

ज्वरो आउनु, घाँटी खसखस हुनु, सुख्खा खोकी लाग्नु र मांशपेशी दुख्नु कोरोनाभाइरसका मुख्य लक्षण हुन् ।

तर, अब यसका केही नयाँ लक्षण पनि देखिएका छन् जसले वैज्ञानिकहरुलाई चिन्तित बनाएको छ ।

वैज्ञानिकहरुका अनुसार कोरोनाभाइरसका संक्रमितहरुको सुँघ्ने क्षमता यतिसम्म खराब भएको पाइएको छ कि उनीहरु आफ्नो बच्चाको डाइपर पनि सुँघ्न सकिरहेका छैनन् ।

भाइरोलोजिस्ट स्ट्रिकका अनुसार उनको टिमले लगभग सबै संक्रमितहरुसँग कुरा गरेका थिए ।

संक्रमितमध्ये २ तिहाइ यस्ता थिए जसले केही दिनदेखि न त कुनै खानेकुराको स्वाद थाहा पाइरहेका थिए न त केही कुरा सुँघ्न नै सकिरहेका थिए ।

स्ट्रिकले भने ‘यो लक्षण शरीरमा यति बढ्छ कि एक आमा आफ्नो बच्चाको डाइपर सुँघ्न सक्दिनन् ।

मानिसहरु स्वाम्पूको सुगन्ध र खानाको स्वाद थाहा पाउँदैनन् ।’ स्ट्रिकका अनुसार यी लक्षण संक्रमणपछि कुन स्टेजमा पुग्दा देखिन्छ भन्ने स्पष्ट भइसकेको छैन ।

 

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  २ : ०० बजे

अनिश्चित भविष्य बोकेर काम गर्न बाध्य छन् नेपाली श्रमिक 

काठमाडौं– हरेक वर्ष मे १ मा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस

एनएम निर्वाचन : काठमाडौं उपत्यका भित्र आज र भोली मतदान हुँदै 

काठमाडौं-नेपाल चिकित्सक संघ (एनएमए) को नयाँ नेतृत्व चयनका लागि काठमाडौं

डोजरबाट जोगिन बुद्धनगरबासीले टाँसे लालपूर्जा र नक्सापास (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको बुद्धनगरस्थित बागमती किनारका बासिन्दाले आफ्नो घरअगाडि भित्तामा जग्गाको

यूएईद्वारा इरान, इराक र लेबनान यात्रामा प्रतिबन्ध, आफ्ना नागरिकलाई तत्काल फर्किन आग्रह

काठमाडौं– संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्ना नागरिकका लागि इरान,

सरकारविरोधी प्रदर्शनमा सहभागी इरानका २१ वर्षीय युवकलाई फाँसी

तेहरान- इरानमा एकजना २१ वर्षीय युवकलाई फाँसीमा चढाइएको छ। बीबीसी