कोरोना भाइरसको नयाँ लक्षणले वैज्ञानिक चिन्तित « Khabarhub

कोरोना भाइरसको नयाँ लक्षणले वैज्ञानिक चिन्तित


८ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोनाभाइरसको प्रकोप विश्वभर फैलिरहँदा यसको औषधि समेत बन्न सकिरहेको छैन ।

परीक्षण गरिएको औषधि र खोपको नतिजा आउँन पनि १ देखि २ महिना लाग्न सक्ने बताइएको छ ।

औषधि र खोप नै पत्ता नलागेकाले सतर्कता अपनाउँदै मानिसहरुलाई घरभित्रै बस्न विभिन्न मुलुकका सरकारले आह्वान गरिएको छ ।

कोरोना भाइरसको संक्रमण फैलिएको तीन महिना हुनै लाग्दा पनि नियन्त्रणमा नआएपछि वैज्ञानिकहरु चकित भएका छन् ।

बरु रुघाखोकीसँग मिल्दाजुल्दा लक्षणले वैज्ञानिकहरु चिन्तित भएका छन् । भाइरोलोजिस्ट हेन्ड्रिक स्ट्रिकका अनुसार कोरोनाभाइरसका कारण ठूलो संख्यामा मानिसहरुको मृत्यु हुने सम्भावना छ ।

जर्मनीको सार्वजनिक स्वास्थ्य एजेन्सीले यो महामारी २ वर्षसम्म रहन सक्ने चेतावनी दिएको छ ।

ज्वरो आउनु, घाँटी खसखस हुनु, सुख्खा खोकी लाग्नु र मांशपेशी दुख्नु कोरोनाभाइरसका मुख्य लक्षण हुन् ।

तर, अब यसका केही नयाँ लक्षण पनि देखिएका छन् जसले वैज्ञानिकहरुलाई चिन्तित बनाएको छ ।

वैज्ञानिकहरुका अनुसार कोरोनाभाइरसका संक्रमितहरुको सुँघ्ने क्षमता यतिसम्म खराब भएको पाइएको छ कि उनीहरु आफ्नो बच्चाको डाइपर पनि सुँघ्न सकिरहेका छैनन् ।

भाइरोलोजिस्ट स्ट्रिकका अनुसार उनको टिमले लगभग सबै संक्रमितहरुसँग कुरा गरेका थिए ।

संक्रमितमध्ये २ तिहाइ यस्ता थिए जसले केही दिनदेखि न त कुनै खानेकुराको स्वाद थाहा पाइरहेका थिए न त केही कुरा सुँघ्न नै सकिरहेका थिए ।

स्ट्रिकले भने ‘यो लक्षण शरीरमा यति बढ्छ कि एक आमा आफ्नो बच्चाको डाइपर सुँघ्न सक्दिनन् ।

मानिसहरु स्वाम्पूको सुगन्ध र खानाको स्वाद थाहा पाउँदैनन् ।’ स्ट्रिकका अनुसार यी लक्षण संक्रमणपछि कुन स्टेजमा पुग्दा देखिन्छ भन्ने स्पष्ट भइसकेको छैन ।

 

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  २ : ०० बजे

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम

महानवमीमा मात्र खुल्ने तलेजु भवानी मन्दिरमा भोलि बिहान ५ बजेदेखि पूजाआरधना गर्न पाइने

काठमाडौँ- विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्ला- जुम्लाबाट सात हजारभन्दा बढी मेट्रिकटन टन स्याउ निर्यात भएको

दक्षिण सुडानमा ड्रोन आक्रमण, ८० जनाको मृत्यु

जुबा- दक्षिण सुडानको बजारनजिक भएको ड्रोन आक्रमणमा कम्तीमा ८० जनाको

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. टण्डन

काठमाडौं- नेपालको सांस्कृतिक क्षेत्रमा डा गोविन्द टण्डन स्थापित नाम हो