काठमाडौं– नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्रनम्बर ४ का सांसद गगन थापाले काठमाडौंका सबै सांसदहरुको बैठक आह्वान गरेका छन् ।
कोरोना भाइरसको संक्रमणको जोखिमका विषयमा छलफल गर्न सांसद थापाले बोलाएको भेलामा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालदेखि कांग्रेस नेता प्रकाशमान सिंहसमेतलाई निमन्त्रणा गरिएको छ ।
बोलाइएकाहरुमध्ये नेकपा नेता नेपाल भेलामा सहभागी हुने निश्चित भएको छ । काठमाडौंबाट प्रत्यक्ष निर्वाचित भएका र समानुपातिक गरी १५ जनाजति सांसद भेला हुने बताइएको छ ।
भेलामा कोरोनाको जोखिम न्युनिकरणका लागि छलफल हुने नेता थापाले जानकारी दिएका छन् ।
भेला शनिबार दिउँसो ३ बजे कांग्रेस सांसद दिव्यमणि राजभण्डारीको मण्डिखाटारस्थित निवासमा बोलाइएको छ ।
प्रतिक्रिया