इन्धन वितरणलाई सहज बनाउन नसकेको भन्दै आयल निगमका २ कर्मचारीमाथि 'कारबाही' | Khabarhub Khabarhub

इन्धन वितरणलाई सहज बनाउन नसकेको भन्दै आयल निगमका २ कर्मचारीमाथि ‘कारबाही’


८ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इन्धन वितरण प्रक्रियालाई सहज बनाउन नसकेको भन्दै सरकारले नेपाल आयल निगमका २ जना कर्मचारीलाई ‘कारबाही’ गरेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगमका २ जना कर्मचारीलाई जिम्मेवारीबाट हटाएर कार्यरत स्थानभन्दा अन्तै सरुवा गरेको हो ।

यसरी सरुवा हुनेमा नेपाल आयल निगमको इन्धन वितरण प्रणाली हेर्ने निर्देशक वीरेन्द्र गोइत र आयल निगमको थानकोट डिपो प्रमुख विनितमणि उपाध्याय छन् ।

यद्यपि काठमाडौं उपत्यकामा अझै पनि इन्धनको सहज आपूर्ति भने हुन सकेको छैन । खासगरेर खाना पकाउने एलपी ग्यासका लागि उपभोक्ताहरुले हप्तादिनसम्म पालो कुनुपर्ने वाध्यता छ ।

इन्धनको सहज आपूर्तिका लागि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले केही पेट्रोल पम्प र ग्यास डिलरहरुको आफैं निरीक्षण तथा अनुगमन समेत गरेका छन् ।

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको सन्त्रासका कारण पछिल्लो समय नेपाली उपभोक्ता बजारमा उपभोग्य बस्तुको आपूर्तिमा असन्तुलन देखिएको छ ।

केही उपभोक्ताहरुले आफूलाई चाहिनेभन्दा बढी उपभोग्य वस्तुहरु मौज्दात राख्ने र केहीले भने आधारभूत रुपमा समेत उपभोग्य बस्तु पाउन नसकेको उपभोक्ता अधिकारीकर्मीहरु बताउँछन् ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  ८ : ०१ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन