आइतबार भारतमा जनता कर्फ्यू, मानिसहरुलाई जरुरी नपरी घरबाहिर ननिस्कन सरकारको आह्वान « Khabarhub

आइतबार भारतमा जनता कर्फ्यू, मानिसहरुलाई जरुरी नपरी घरबाहिर ननिस्कन सरकारको आह्वान


८ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको जोखिमबाट जोगिनका लागि आइतबार भारतमा जनता कर्फ्यू लागू हुँदैछ । प्रधानमन्त्री नरेन्द्र मोदीको घोषणा अनुसार आइतबारका दिन जनता कर्फ्यू लागू हुने भएको हो ।

भारत सरकारले कोरोना भाइरसविरुद्ध सचेतना जगाउन भारतीय नागरिकलाई घरबाहिर ननिस्की सरकारको निर्देशनको पालना गर्न आग्रह गरेको छ ।

सरकारले मानिसहरुलाई आइतबारका दिन अत्यन्त जरुरी नपरी घरबाहिर ननिस्कन भनेको छ । त्यस्तै, भारत सरकारले बृद्धबृद्धालाई घरमै बस्न समेत आग्रह गरेको छ । सरकारले साँझ ५ बजे ५ मिनेटसम्म ताली बजाएर अरुको सेवामा अहोरात्र खटिरहनेको सम्मान गर्न समेत नागरिकहरुसमक्ष आह्वान गरेको छ ।

त्यस्तै, मानिसहरुलाई जनता कर्फ्यूका बेला जथाभावी सामान नकिन्न पनि आह्वान गरिएको छ । कार्यालयमा उपस्थित नहुने कामदारको तलब नकाट्न पनि भारत सरकारले रोजगारदातासमक्ष आह्वान गरेको छ । मानिसहरुलाई हल्लाबाट टाढै रहन र जनता कफ्यूबारे सरकारले जारी गरेको निर्देशनको पूर्ण पालना गर्न पनि सरकारले आग्रह गरेको छ ।

भारतमा हालसम्म २८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ५ जनाको कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  ८ : ४५ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र