आइतबार भारतमा जनता कर्फ्यू, मानिसहरुलाई जरुरी नपरी घरबाहिर ननिस्कन सरकारको आह्वान « Khabarhub

आइतबार भारतमा जनता कर्फ्यू, मानिसहरुलाई जरुरी नपरी घरबाहिर ननिस्कन सरकारको आह्वान


८ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको जोखिमबाट जोगिनका लागि आइतबार भारतमा जनता कर्फ्यू लागू हुँदैछ । प्रधानमन्त्री नरेन्द्र मोदीको घोषणा अनुसार आइतबारका दिन जनता कर्फ्यू लागू हुने भएको हो ।

भारत सरकारले कोरोना भाइरसविरुद्ध सचेतना जगाउन भारतीय नागरिकलाई घरबाहिर ननिस्की सरकारको निर्देशनको पालना गर्न आग्रह गरेको छ ।

सरकारले मानिसहरुलाई आइतबारका दिन अत्यन्त जरुरी नपरी घरबाहिर ननिस्कन भनेको छ । त्यस्तै, भारत सरकारले बृद्धबृद्धालाई घरमै बस्न समेत आग्रह गरेको छ । सरकारले साँझ ५ बजे ५ मिनेटसम्म ताली बजाएर अरुको सेवामा अहोरात्र खटिरहनेको सम्मान गर्न समेत नागरिकहरुसमक्ष आह्वान गरेको छ ।

त्यस्तै, मानिसहरुलाई जनता कर्फ्यूका बेला जथाभावी सामान नकिन्न पनि आह्वान गरिएको छ । कार्यालयमा उपस्थित नहुने कामदारको तलब नकाट्न पनि भारत सरकारले रोजगारदातासमक्ष आह्वान गरेको छ । मानिसहरुलाई हल्लाबाट टाढै रहन र जनता कफ्यूबारे सरकारले जारी गरेको निर्देशनको पूर्ण पालना गर्न पनि सरकारले आग्रह गरेको छ ।

भारतमा हालसम्म २८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ५ जनाको कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  ८ : ४५ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर