काठमाडौंका होटलहरु क्वारेन्टाइनका रुपमा प्रयोग गर्न व्यवसायीहरु तयार « Khabarhub

काठमाडौंका होटलहरु क्वारेन्टाइनका रुपमा प्रयोग गर्न व्यवसायीहरु तयार


८ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– होटल व्यवसायीहरुले कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न क्वारेन्टाइन बनाउनका लागि आफूहरुले होटल उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

होटल व्यवसायी महासंघ, नेपालका अध्यक्ष हिराध्जव शाहको अध्यक्षतामा शनिबार बसेको होटल व्यवसायीहरुको बैठकले सरकारले आवश्यक ठानेको खण्डमा काठमाडौं उपत्यकामा सञ्चालित होटल तथा रेस्टुरेन्टहरुलाई क्वारेन्टाइन प्रयोजनका लागि उपलब्ध गराउने निर्णय गरेको हो ।

होटल व्यवसायी महासंघको नेतृत्वमा होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश नम्बर ३, काठमाडौं होटल व्यवसायी महासंघका ९ वटा इकाइका अध्यक्षसहितको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले हाललाई कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा सञ्चालित होटल तथा रेस्टुरेन्टहरु क्वारेन्टाइनका रुपमा प्रयोग गर्न सरकारलाई उपलब्ध गराउने निर्णय गरेको हो ।

यस्तै, अन्य जिल्लामा सञ्चालित होटलहरुलाई पनि क्वारेन्टाइनका रुपमा प्रयोग गर्ने गरी उपलब्ध गराउनका लागि जिल्ला समितिका अध्यक्षहरु छलफल चलिरहेको होटल व्यवसायी महासंघका अध्यक्ष हिराध्वज शाहद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।

 

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  ८ : १९ बजे

बढ्यो ग्यासको मूल्य

काठमाडाैं – सडक अवरुद्ध भएपछि ढुवानीमा समस्या भएको भन्दै खाना

देउवा समूहले अनुमोदन गर्‍यो १५औँ महाधिवेशनको कार्यतालिका

काठमाडौं – नेपाली कांग्रेसकाे शेरबहादुर देउवा पक्षले पार्टीकाे १५औँ केन्द्रीय

चिलिमेको सुरुङमा पुगे राजदूत श्रीवास्तव, उद्धार प्रयास गर्दै भारतीय र नेपाली टोली

काठमाडौं– नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले रसुवाको स्याफ्रुबेँसीस्थित चिलिमे जलविद्युत्

राष्ट्रसंघमा प्रधानमन्त्रीको सहभागिताबारे रास्वपामै दुई मत, रविले वालेन्द्रसँग कुरा गर्ने

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको महासभामा जाने–नजाने विषयमा राष्ट्रिय

इलाममा ट्रक दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु

इलाम – बेलिब्रिजको सामग्री बोकेको ट्रक आज इलाममा ट्रक दुर्घटना