कोरोनाबारे प्रश्न सोधेपछि ट्रम्पले भने, तपाईं खराब पत्रकार हो « Khabarhub

कोरोनाबारे प्रश्न सोधेपछि ट्रम्पले भने, तपाईं खराब पत्रकार हो


८ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाशिंटन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र एनबीसी टेलिभिजनका एकजना पत्रकार बीच भनाभन भएको छ । कोरोना भाइरसविरुद्ध लड्ने विषयमा ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनका क्रममा राष्ट्रपति ट्रम्प र पत्रकारबीच भनाभन भएको हो ।

कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रण गर्न गठित कार्यदलको पत्रकार सम्मेलनका क्रममा ट्रम्पले एनबीसी टेलिभिजनका लागि ह्वाइट हाउसका संवाददाता पिटर अलेक्जाण्डरलाई हप्काएका हुन् । पत्रकार सम्मेलनका क्रममा पिटर अलेक्जाण्डरले ट्रम्पलाई कोरोना भाइरसबाट डराइरहेका अमेरिकीहरुलाई के भन्न चाहनुहुन्छ ? भनी प्रश्न गरेका थिए ।

जवाफमा ट्रम्पले यस्तो भनेका थिए, ‘म के भन्न चाहन्छु भने तपाईं खराब रिपोर्टर हो । म यही भन्न चाहन्छु । मलाई यो निकै खराब प्रश्न लागेको छ र मेरो विचारमा तपाई अमेरिकी जनतासमक्ष निकै खराब सन्देश दिइरहनुभएको छ ।’

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  ९ : २७ बजे

कृषिमन्त्रीद्वारा कालीमाटी बजारको अनुगमन

काठमाडौं– कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता

श्रममन्त्री साह पदबाट हट्दा प्रधानमन्त्रीले किन दिए स्वास्थ्यमन्त्री मेहतालाई चेतावनी ?

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार

नेप्से परिसूचक ४८ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८ दशमलव ७१ अंकले

फ्रान्समा चार आप्रवासीको मृत्यु

पेरिस- उत्तरी फ्रान्सको तटमा नहर पार गर्ने क्रममा बिहीबार चार

चौध दिनमै पदमुक्त भए श्रममन्त्री साह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार