कोरोना भाइरसका कारण अमेरिकामा एकै परिवारका ४ जनाको मृत्यु « Khabarhub

कोरोना भाइरसका कारण अमेरिकामा एकै परिवारका ४ जनाको मृत्यु


८ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क– अमेरिकाको न्यूजर्सीमा कोरोना भाइरसका कारण एकै परिवारका ४ जनाको मृत्यु भएको घटना सार्वजनिक भएको छ ।
मृत्यु हुनेमा ७३ वर्षे ग्रेस फुस्को र उनका ३ सन्तान रिटा फुस्को–ज्याक्सन, क्यारमन फुस्को र भिन्सेन्ट फुस्को छन् ।

ठूलो पारिवारिक जमघटमा सहभागी भएका उनीहरुलाई कोरोना भाइरसको संक्रमण भएको थियो । परिवारका अरु ३ आफन्तलाई पनि अस्पताल भर्ना गरिएको छ । त्यस्तै, अरु १९ जना आफन्तहरुलाई क्वारेन्टाइनमा राखिएको बीबीसीले जनाएको छ ।

शुरुमा गत शुक्रबार रिटा फुस्को ज्याक्सनको मृत्यु भएको थियो । न्यूजर्सी राज्यमा कोरोना भाइरसका कारण मृत्यु हुने उनी दोश्रो व्यक्ति थिइन् ।

गत बुधबार क्यारामाइन फुस्कोको पनि कोरोना भाइरसकै कारण मृत्यु भएको थियो । क्यारामाइनको मृत्यु भएको केही घण्टाको अन्तरालमा उनकी आमा ग्रेस फुस्कोको पनि मृत्यु भएको बीबीसीले जनाएको छ ।

अर्को दिन अर्थात् बिहीबार भिन्सेन्ट फुस्कोको पनि मृत्यु भएपछि एकै परिवारका ४ सदस्य कोरोना भाइरसका शिकार बन्न पुगेका हुन् ।

अमेरिकामा हालसम्म करिब २० हजार जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने कोरोना भाइरसका कारण हालसम्म २७६ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  ९ : २९ बजे

केन्द्रीय कारागारबाट भागेका एकहजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं– जेन-जी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी

प्रतिनिधिसभा सदस्य निर्वाचन : समग्र प्रतिवेदन बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाइने

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२

पुराना दलको टाउको दुखाइ बनेका यी तीन फिल्ममा के छ ?

काठमाडौं- फागुन २१ अघिसम्म ठूला भनिएका मुलुकका पराम्परागत दलहरू र

बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्- ‘दुर्घटनालगत्तै चालकले इन्जिन अफ गर्नुभयो’

खोटाङ– केपिलासगढी गाउँपालिका–२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर