उपभोक्ताले ग्यास नपाएपछि सरकारले तोक्यो १७ ग्यास कम्पनीको रिटेल आउटलेट « Khabarhub

उपभोक्ताले ग्यास नपाएपछि सरकारले तोक्यो १७ ग्यास कम्पनीको रिटेल आउटलेट


८ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको बढ्दो सन्त्रासका बीच खाना पकाउने (एलपी) ग्यासको अभाव चुलिएपछि सरकारले व्यवसायीहरुसँगको सहकार्यमा अस्थायी रिटेल आउटलेटहरु सञ्चालनमा ल्याएको छ ।

उपभोक्ताहरुले सहज रुपमा ग्यास पाउने अपेक्षाका साथ सरकारले काठमाडौं उपत्यका र उपत्यका आसपासका जिल्लामा गरी १७ भन्दा ब९ी ग्यास कम्पनीका लागि अस्थायी रिटेल आउटलेटहरु सञ्चालनमा ल्याएको हो ।

सरकारले नेपाल तथा तारा ग्यासका लागि बालाजु, अनामनगर र सातदोबाटो, सगर तथा चण्डी ग्यासका लागि जडिबुटी तथा एसटीसी ग्यासका लागि कालिमाटी र जडिबुटीमा रिटेल आउटलेट तोकेको हो ।

यस्तै, ओम ग्यासका लागि भक्तपुरको थली तथा काठमाडौंको नैकाप, बाबा, श्री र लुम्बिनी ग्यासका लागि कपन, धुम्बाराही, एचपी ग्यासका लागि अशीम किचेन सप्लायर्स, सिद्धार्थ ग्यासका लागि इमाडोल, श्री माया ग्यासका लागि सतुंगल, लोकप्रिय ग्यासका लागि नैकाप, राजधानी ग्यासका लागि सितापाइला, सूर्य ग्यासका लागि सितापाइला, गीता ग्यासका लागि धुम्बाराही, हिमाल ग्इासका लागि भगवती वहाल, नमस्ते ग्यासका लागि कागेश्वरी मनहरा, भानु ग्यासका लागि गोगंबु, एभरेस्ट तथा सुगम ग्यासका लागि सिफल र श्रीराम ग्यासका लागि हरिसिद्धि ललितपुरमा रिटेल आउटलेट तोकेको छ ।

ग्यासका कम्पनीका लागि तोकिएका रिटेल आउटलेट र सम्पर्क नम्बर यहाँ उल्लेख गरिएको छ,

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  ८ : ५१ बजे

नेप्से परिसूचक २४ अंकले बढ्यो

 काठमाडौं– धितोपत्र बजारमा साताको दोस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज

नेपालको आर्थिक वृद्धि ७ प्रतिशत पुर्‍याउन सकिने राष्ट्र बैंकको प्रक्षेपण

काठमाडौं- नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०२६/२७ मा मुलुकको

फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै महानगरपालिका

काठमाडौं– काठमाडौं महानगरपालिकाले फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडा ल्यान्डफिल साइटको आयु बढाई

होर्मुजमा तेल ट्यांकरमाथि अज्ञात प्रहार : समुद्री एजेन्सी

लन्डन– स्ट्रेट अफ होर्मुज नजिकै ओमानको तटमा एउटा तेल ट्यांकर

ऊर्जा क्षेत्रको रूपान्तरणलाई विशेष प्राथमिकतामा राखेका छौँ : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सरकारले ऊर्जा क्षेत्रको