अस्पतालहरुमा ओपीडी सेवा बन्द नहुने « Khabarhub

अस्पतालहरुमा ओपीडी सेवा बन्द नहुने


८ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले देशभरका कुनै पनि अस्पतालको बहिरङ्ग (ओपीडी) सेवा बन्द नहुने जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै अस्पतालका ओपिडी सेवा बन्द नहुने स्पष्ट पारेको हो ।

यसअघि मन्त्रालयले ५० शैय्या भन्दा माथिका अस्पतालमा अत्यावश्यक बाहेकका सेवा आगामी चैत मसान्तसम्मका लागि बन्द गर्न निर्देशन दिएको थियो ।

यसबाट अस्पतालहरुमा ओपीडी सेवा सञ्चालन गर्ने वा नगर्ने विषयमा द्विविधा उत्पन्न भएको भन्दै मन्त्रालयले विज्ञप्ति जारी गरेको हो ।

विज्ञप्तिमा ओपीडी सेवा सञ्चालनमै रहे पनि कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यानमा राखी अस्पतालमा भीडभाड कम गर्नका लागि अस्पतालले प्रदान गरिरहेका विस्तारित स्वास्थ्य सेवालाई २ साता बन्द गर्न आग्रह गरिएको छ ।

त्यस्तै, मन्त्रालयले अत्यावश्यक बाहेकका शल्यक्रिया र फलोअपका लागि आउने बिरामीलाई २ साताका लागि फलोअपमा नबोलाउन आग्रह गरेको छ ।

मन्त्रालयले हरेक अस्पताललाई ज्वरो आएका बिमारीहरुलाई लक्षित गरी फिभर क्लिनिक स्थापना गर्न समेत आग्रह गरेको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  ९ : ४६ बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन