कोरानाको प्रकोपबाट बचाउन भन्दै जनकपुरमा धार्मिक अनुष्ठान « Khabarhub

कोरानाको प्रकोपबाट बचाउन भन्दै जनकपुरमा धार्मिक अनुष्ठान


८ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– कोरोना भाइरस (कोभिड १९) को जोखिम आउन नदिन जनकपुरधाममा धार्मिक अनुष्ठान शुरु गरिएको छ । जनकपुरधामको राममन्दिरमा महामृत्युञ्जय जाप शुरु गरिएको राममन्दिरका महन्थ राम गिरीले जानकारी गराए ।

हिन्दूको धार्मिकग्रन्थ शिवपुराण र अन्य धार्मिक ग्रन्थमा पनि ग्रहदशाका साथै रोगबाट मुक्तिका लागि नियम निष्ठापूर्वक महामृत्युञ्जय मन्त्रको जाप गरेको अवस्थामा मानव विभिन्न समस्याबाट मुक्त हुने उल्लेख गरिएको छ ।

सो भाइरसको जोखिम बच्न धार्मिकस्तरबाट महामृत्युञ्जय जाप आयोजन गरिएको राममन्दिरका महन्थ गिरी भन्छन्, ‘अराध्यदेव महादेवको आराधना गरी कोरोना भाइरसबाट जीवन र मृत्युबीच सङ्घर्षरत रहेका व्यक्तिहरु तत्काल निको होस् भनि जापको माध्यमबाट कामना गरिएको हो ।’ ६ जना पण्डितबाट सो मन्त्रको जप पाँच दिनमा सम्पन्न हुनेछ ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  ९ : ५५ बजे

उपत्यकाका सार्वजनिक सवारीसाधनमा सिसी क्यामरा जडान सुरु

काठमाडौं– काठमाडौँ उपत्यकाका सार्वजनिक सवारी साधनमा आजदेखि सिसी क्यामरा जडान

मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा- पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै

शनिबारदेखि सप्ताहव्यापी शहीद दिवस सुरु हुने

काठमाडौं– शनिबारदेखि यस वर्ष सहिद सप्ताहका कार्यक्रम सुरु हुने भएका

हातहतियार बुझाउन मुस्ताङ प्रशासनको आग्रह

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी