देशका विभिन्न स्थानमा वर्षा, पूर्वी भेगमा चट्याङसहित हावाहुरी चल्ने सम्भावना « Khabarhub

देशका विभिन्न स्थानमा वर्षा, पूर्वी भेगमा चट्याङसहित हावाहुरी चल्ने सम्भावना


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्थानीय र पश्चिमी वायुको प्रभावले आज (मंगलबार) बिहानैदेखि वर्षा भइरहेको छ । अहिले काठमाडौं उपत्यकासहित बागमती प्रदेशका अधिकांश जिल्ला, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका जिल्लामा पानी परिरहेको छ ।

अहिले पानी परिरहेका स्थानमा दिउँसोबाट मौसम सफा रहने तर पूर्वी भेगमा हावाहुरी, चट्याङसहितको वर्षा हुने सम्भावना रहेको मौसमविद वरुण पौडेलले खबरहबलाई जानकारी दिए ।

‘अहिले स्थानीय र पश्चिमी वायुको प्रभाव छ । जसले देशका विभिन्नस्थानमा पानी परिरहेको छ । यो क्रम अब केहि दिन लम्बिने देखिन्छ,’ मौसमविद पौडेलले भने, ‘पश्चिमी वायु क्रमशः पूर्वतर्फ सर्ने भएकाले अहिले पानी परिरहेका ठाउँमा दिउँसोबाट मौसममा सुधार हुने देखिन्छ । पूर्वी भागमा हावाहुरी, चट्याङसहितको वर्षा हुने भएकाले सचेत बन्नुपर्ने देखिन्छ ।’

सोमबारबाट पश्चिमी वायु थप सक्रिय भएको भन्दै पौडेलले अब २/३ दिनसम्म बिहान र बेलुकाको समयमा पानी पर्ने सम्भावना रहेको बताए ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

बैशाख ९ गते (मंगलबार)

दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहि केहि स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना छ।

रातिः देशभर आंशिक देखि सामान्य बदली रहि थेरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना छ।

बैशाख १० गते (बुधबार)

दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहने छ। अपरान्ह पश्चात् पहाडी भू-भागका केही स्थानहरुमा साथै पश्चिमी तराईका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना छ।

रातिः देशभर आंशिक देखि सामान्य बदली रहने छ। पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना छ।

बैशाख ११ गते (बिहीबार)

दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहि पश्चिमका केहि स्थानहरुमा र मध्य र पुर्वी भु-भागका थेरै केहि स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना छ।

रातिः देशभर आंशिक देखि सामान्य बदली रहि पश्चिमका केहि स्थानहरुमा र मध्य र पुर्वी भु-भागका थेरै केहि स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना छ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  ६ : ५२ बजे

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल

पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

पाेखरा- देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

कास्की– बडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका

सभामुख अर्याल आज स्वदेश फर्किँदै

काठमाडौँ– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ

धार्मिक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको ‘महादेव थान’

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक