सभामुख अर्याल आज स्वदेश फर्किँदै « Khabarhub

सभामुख अर्याल आज स्वदेश फर्किँदै


२७ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी भई आज स्वदेश फर्किँदै छन् ।

स्वदेश फर्किए लगत्तै सभामुख अर्यालले महासभामा नेपालको सहभागिता तथा छलफलका विषयमा पत्रकारहरुलाई जानकारी गराउने कार्यक्रम रहेको छ ।

भेटघाट कार्यक्रमका लागि पत्रकारहरुलाई दिउँसो साढे २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थितिका लागि अनुरोध गरिएको छ ।

सभामुख अर्यालसहितको टोली असोज १८ गते साँझ कतार एयरवेजको उडानमार्फत तान्जानियाको अरुसा प्रस्थान गरेका थिए ।

सभामुख अर्यालको नेतृत्वमा गएको सात सदस्यीय प्रतिनिधिमण्डलमा प्रतिनिधि सभा सदस्य रविन महत्तो, राष्ट्रिय सभा सदस्यहरू झक्कु प्रसाद सुवेदी र अञ्जान शाक्य तथा संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डे लगायत छन् ।

प्रकाशित मिति : २७ आश्विन २०८३, मंगलबार  ८ : २४ बजे

चारसय बढी ग्राहकलाई भूमिगत विद्युतीकरणबाट विद्युत्

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणअन्तर्गत ४६०

कांग्रेसको मतगणना द्रूतगतिमा

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका

दसैँ मनाउन काठमाडौँबाट बाहिरिने यात्रुको चाप बढ्यो

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप

चौदण्डीगढी नगरपालिकाबाट सदा समुदायलाई दसैँखर्च सहयोग

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका सदा समुदायलाई दसैँ खर्च उपलब्ध

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि